२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँको अस्थायी बसपार्क सारिँदै

२०७७, ३ चैत्र मंगलवार ०५:०९

चैत ३, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अस्थायी बसपार्कलाई अन्यत्र सारेर खुला मञ्चलाई खाली गर्ने भएको छ । विगत पाँच वर्षदेखि खुलामञ्चबाट बसपार्क सञ्चालन हँुदै आएको छ । बसपार्क सञ्चालन भएको र गोरखा भूकम्पपछि ऐतिहासिक सम्पदाको पुनःनिर्माणका क्रममा निर्माण सामग्री राखिँदा खुलामञ्च खुम्चिएको थियो । 

केही सम्पदाहरुको निर्माण सम्पन्न भइसकेको र केहीको अन्तिम चरणमा रहेकाले खुलामञ्च खाली गर्न सहज भएको कामपाको भनाइ छ । कामपाले एक महिनाअघि पहिलो चरणमा केही संरचना र बारबेर हटाइसकेको थियो । 

अहिले भने बसपार्क अन्यत्र सार्ने र बाँकी रहेका निर्माण सामग्री हटाउने काम थालेको छ । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), दरबार हाइस्कुल र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई पत्र पठाएर खाली गर्ने वातावरण बनाउन आग्रह गरिएको छ । 

दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुनःनिर्माण अन्तिम चरणमा पुगेकाले बाँकी सामग्री र संरचना हटाउन थालिएको प्रवक्ता डङ्गोलको भनाइ छ । तत्काल अन्य संरचना हटाउँदै जाने र बसपार्कका विषयमा स्थानको पहिचान गरेर शुरु गरिनेछ । 

पाँच वर्षअघि बसपार्क रहेको स्थानमा हाल काठमाडौँ भ्यूटावर (दृश्यावलोकन स्तम्भ) निर्माणको काम भइरहेको छ । उक्त टावर निर्माणको कामले गति लिन नसक्दा स्थायीरूपमा बसर्पाक सञ्चालन गर्न समस्या भएको हो । 

उक्त टावर पाँच वर्षमा निर्माण सम्पन्न गर्ने भन्दै शुरुआत भए पनि अहिलेसम्म निर्माणको काम नगण्य मात्र भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा