२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बागमती सिँचाइ बृहत् आयोजनामा परिणत हुँदै : धनुषा र महोत्तरीमा पु¥याइने

२०७७, ४ चैत्र बुधबार ०८:४१

चैत ४, धनुषा । किसानको खेतमा सिँचाइ सुविधा पु¥याउनका लागि स्थापना भएको २७ वर्षपछि वाग्मती सिँचाइ आयोजनाको कामलाई बृहत् आयोजनाका रुपमा विकसित गर्ने प्रक्रिया शुरु भएको छ । साथै, रौतहट र सर्लाहीमा खेती सिँचाइको कार्य गर्दै आएको सो आयोजनाले धनुषा र महोत्तरी जिल्लामा समेत थप सिँचाइ गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

वाग्मती सिँचाइ आयोजना विस्तारको ढाँचामा गएको उल्लेख गर्दै आयोजना प्रमुख मित्र बरालले भन्नुभयो, “धनुषा र महोत्तरी जिल्लामा सिँचाइको पूर्वाधार निर्माण गर्नका लागि डिपिआर तयारीको चरणमा रहेको  छ ।” साथै सिन्धुलीेको फुर्काेटमा सुनकोशी नदीमा १३.१ किमी बाँध बनाएर टनेलमार्फत मरिन नदी हँुदै वाग्मती नदीमा पानी थप्ने गरी काम भइरहेको छ । सो काम पूरा गर्नका लागि दुई वर्ष लाग्ने आयोजनाका वरिष्ठ इन्जिनीयर कलामुद्दिन अंसारीले जानकारी दिनुभयो । त्यसको हालै प्रधानमत्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो । 

विसं २०५० मा अर्थात् २७ वर्षअगाडि रौतहट र सर्लाही जिल्लामा किसानको खेत सिञ्चित गर्न र अन्नबालीको उत्पादकत्व बढाउनका लागि निर्माण गरिएको सो आयोजना सरकारको लक्ष्यअनुसार सञ्चालनमा रहेको छैन । सो आयोजना वर्षैपिच्छे टालटुल र मर्मतसम्भारमा केन्द्रित रहेको बताइएको छ । वाग्मती नदीमा पानी बहावमा कमी आएपछि  आयोजनाको नहरमा पानी सञ्चालन पनि घट्दै गएको किसानको गुनासो रहेको छ ।  

नेपाल सरकारको सो दुवै जिल्लामा एक लाख २२ हजार हेक्टर जमीनमा सिँचाइ  सुविधा पु¥याउने लक्ष्य रहे पनि  ४५ हजार ६०० हेक्टर जमीनमा मात्र सिँचाइ भइरहेको आयोजनाले जनाएको छ । आयोजनाको  निर्माणदेखि हालसम्म ३७ प्रतिशतमात्र सिँचाइ सुविधा पुग्दै आएको  छ ।  २०४५ सालदेखि निर्माण शुरु भई २०५० सालमा निर्माण सम्पन्न भएको सो आयोजना कार्यान्वयनमा आए पनि वाग्मती नदीमा पानीको कमी र बाढीले नहरका संरचनाहरु क्षतिग्रस्त भएकाले सिँचाइमा समस्या आएको जानकारी दिँदै प्रमुख बरालले विगतको तुलनामा सिँचाइको काम भइरहेको छ बताउनुभयो । 

सिँचाइको आवश्यकता पूरा गर्नका लागि वाग्मती नदीको ब्यारेजमाथि उच्च बाँध (हाइड्याम) बनाउने कुरा थियो तर त्यहाँ बस्ती निर्माण र मदन भण्डारी राजमार्ग माथिल्लो क्षेत्रबाट गएकाले उच्च बाँध निर्माण हुन सकेन । यसको फलस्वरुप नियमित सिँचाइमा मात्र सीमित रहेको त्यहाँका प्राविधिकहरुको भनाइ रहेको छ । कूल लम्बाइ ४९ किमी रहेको सो आयोजनाको  मूल नहरको पूर्वतर्फ २१ किमी र पश्चिमतर्फ २८ किमी लम्बाइ रहेको छ । उपनहर, नहरी तथा अन्य भौतिक पूर्वाधारहरुसमेत रहेको छ । आयोजना सञ्चालनका लागि पूर्वमा तीन र पश्चिममा तीन गरी छवटा शाखा छन् । 

आयोजनाको कामलाई प्रभावकारी बनाउन चालु आर्थिक वर्षमा ८० वटा बोलपत्र भएको आयोजनाले जनाएको छ । हाल त्यहाँ नहरको संरचना निर्माण, मर्मतसम्भार र ब्यारेज मर्मत र नहर सफाइको काम भइरहेको छ । चालु आवमा आयोजनाको हालसम्मको आर्थिक प्रगति ३० र भौतिक प्रगति ४० प्रतिशत भएको आयोजना प्रमुख बरालले जानकारी दिनुभयो । आयोजनाको प्रमुखमा बराल आएपछि सिँचाइको काममा थप सुधार र प्रगति भएको जल उपभोक्ताको भनाइ रहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने