चैत ६, काठमाडौं । शुक्रबार महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् । उनले पत्रकार सम्मेलनमार्फत उनले महान्यायाधिवक्ताको जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
उनी प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधिवक्तामा नियुक्त भएका थिए । खरेल २०७४ साल फागुन ८ गते महान्याधिवक्तामा नियुक्त भएका थिए ।