२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

पहिलो चरणमा प्रदेश नं १ मा ५१ बिओपी स्थापना

२०७७, ९ चैत्र सोमबार ०८:२७

चैत ९, झापा । पछिल्लो समयमा नेपाल भारतको सीमास्थित बिओपी (बोर्डर आउट पोष्ट) स्थापना भएपछि शान्तिसुरक्षामा धेरै सहज भएको छ । खुला सिमानाका कारण अनाधिकृतरुपमा नेपाल–भारत ओहोरदोहोर गर्ने मानिसको पुरानो बानीमा पनि परिवर्तन आएको बताइएको छ । 

सशस्त्र प्रहरी बस्ने गरी स्थापना गरिएको बिओपीले गर्दा नेपालतर्फ सीमा क्षेत्रमा बसोबास गर्ने मानिस सुरक्षाको पूर्ण अनुभूति गर्न थालेका छन् । विगतमा चोरी डकैतीको मार खेपी रहेका सीमा क्षेत्रका बासिन्दा अहिले निर्भिकतासाथ आफ्नो व्यापार र व्यवसायमा लागेका छन् । 

विगतमा चौपायाको चोरी र अपराधका घटना सीमा क्षेत्रमा हुने गरेको तर, अहिले बिओपी स्थापना भएपछि यी समस्या हराएर गएको सुनसरी हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले जानकारी दिनुभयो । बिओपीले गर्दा नेपाली भूभागमा विगतमा हुने गरेका अपराधका घटनामा उल्लेखनीय कमी आएको जानकारी दिँदै झापा केचन कवल गाउँपालिकाका अध्यक्ष अञ्जरा आलमले भन्नुभयो, “बिओपीले हामीलाई रक्षा गर्नुका साथै हाम्रा धनसम्पत्तिको पनि रक्षा गरेको छ ।” 

पूर्वी नेपालको भारतसँग जोडिएको इलामाका सीमावर्ती क्षेत्रमा सात बिओपी स्थापना भइसकेका सशस्त्र प्रहरी बल नं १ गण हेडक्वाटर श्रीअन्तुका सशस्त्र प्रहरी उपरीक्षक सुधीरजङ्ग थापाले जानकारी दिनुभयो । उहाँले इलामको कूल सीमा ५२ दशमलव दुई किमी रहेको बताउनुभयो । उहाँले अहिले सरदर एउटा बिओपीबाट अर्को बिओपीको गस्ती गर्न सात दशमलव पाँच किमी यात्रा तय गर्नुपर्ने भए पनि सीमा क्षेत्रमा पहुँच पुगेकाले कुनै पनि अप्रिय घटना हुन नदिन सचेत एवं गम्भीर रहेको प्रतिक्रिया दिनुभयो ।

उहाँले इलामको सलकपुर र समालबुङमा बिओपी स्थापना गर्न भवन निर्माणका लागि ठेक्का लागि सकेको बताउनुभयो । कालपोखरी र छब्बिसेमा बिओपी स्थापना गर्न स्थानीयवासीको सहयोगमा जग्गाप्राप्तिका लागि प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो । एउटा बिओपीमा अहिले सरदर २५ देखि ३५ सशस्त्र प्रहरी छन् । उहाँहरुको निगरानी र सक्रियताका कारण जनतामा आशा जागेको सशस्त्र प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।

झापामा १४४ दशमलव दुई किमीको सिमाना क्षेत्रमा १७ बिओपी स्थापना भइसकेका सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले जानकारी दिनुभयो । झापाको सीमा लामो भएकाले यहाँ अझ २० बिओपी आवश्यकता पर्ने बताइएको छ । सरदर एक बिओपीमा २० देखि ३५ सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आफ्ना गतिविधि र निगरानीलाई तेज पारेको छ । 

यस्तै मोरङमा आइतबार मात्र तीन ठाउँमा बिओपी स्थापना गरिएको छ । ति बिओपीलाई प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले निरीक्षण एवं अवलोकन गर्दै उद्घाटन गर्नुभयो । डाँगी, सुनवर्षीको सिकटी र धनपालको धनपतिमा बिओपी स्थापना भएपछि मोरङमा कूल ११ बिओपी पुगेका सशस्त्र प्रहरी उपरीक्षक तीर्थराज पौडेलले बताउनुभयो । 

उहाँले मोरङको मधुमल्ला र सोराभागमा पनि बिओपीको आवश्यकता देखिएको जानकारी दिनुभयो । निकट भविष्यमा आवश्यकता भएको ठाउँमा बिओपी स्थापना हुँदै जाने उपरीक्षक पौडेलले बताउनुभयो । मोरङको सिमानाको लम्बाइ ६३ दशमलव दुई किमी छ । यहाँको प्रत्येक बिओपीमा सरदर २५ देखि ३५ सशस्त्र प्रहरी खटिएका छन् ।

सुनसरीमा हालसम्ममा १० बिओपी स्थापना भइसकेका सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले भोक्राहा गाउँपालिका र बर्जुतालको हर्मोनीस्थित बिओपी निर्माणाधीन अवस्थामा रहेका जनाउँदै सुनसरीमा आवश्यकताअनुसार बिओपी राज्यले स्थापना गर्दै जाने बताउनुभयो । सुनसरीको कूल सिमानाको लम्बाइ ६१ दशमलव आठ किमी छ । सरदर प्रत्येक बिओपीमा २५ देखि ३५ सशस्त्र प्रहरी बसेका छन् ।

सशस्त्र प्रहरी बल नं १ बराह बाहिनी मुख्यालय सुनसरीमा प्रदेश नं १ मा पहिलो चरणमा ५१ बिओपी स्थापना भइसकेका छन् । नेपाल भारतको सीमाक्षेत्र इलाममा सात, झापामा १७, मोरङमा ११ सुनसरीमा १० र चीनतर्फको सिमानाअन्तर्गत ताप्लेजुङमा एक, पाँचथरमा चार तथा सङ्खुवासभामा एक बिओपी स्थापना भइसकेको बताइएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा