१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितुवाको छाला सहित ४ जना पक्राउ

९ चैत्र २०७७, सोमबार १२:२८

चैत ९, काठमाडौँ । दुर्लभ वन्यजन्तु चितुवाको छाला सहित ४ जना पक्राउ परेका छन् ।आइतबार काठमाडौं महानगरपालिका-२६ मित्रनगर ऐश्वर्य मार्गस्थित प्रभु चरण पाहुना घरको कोठा नम्बर २०४ बाट ६ फिट २ ईन्च लम्वाई र २२ ईन्च चौडाई भएको चितुवाको जस्तो देखिने छाला सहित ४ जनालाई पक्राउ गएको हो ।

पक्राउ पर्नेमा काठमाडौं नयाँबसपार्क बस्नेहरू सोलुखुम्बु मापेदुधकोशी गाउँपालिका-८ ठेगाना भएका ३३ वर्षीय भिम बहादुर कामी, तनहुँ रिसिङ गाउँपालिका-७ ठेगाना भएका ३३ वर्षीय गोपाल थापा मगर, उदयपुर कटारी नगरपालिका-६ ठेगाना भएका २८ वर्षीय निशान्त कुमार रहपाल र काठमाडौं चाबहिल बस्ने सोलुखुम्बु मापेदुधकोशी गाउँपालिका-३ ठेगाना भएका ३२ वर्षीय एक प्रसाद राई रहेका छन् ।

काठमाडौं नयाँबसपार्क मित्रनगर क्षेत्रमा एक प्रसाद राई समेतका व्यक्तिहरूले दुर्लभ वन्यजन्तु चितुवाको छाला कारोवार गर्ने गरेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले उक्त छाला सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारवाहीको लागि बरामद छाला सहित डिभिजन वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल