१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना सङ्क्रमण नियन्त्रण प्रभावकारी बनाउन निर्देशन

९ चैत्र २०७७, सोमबार १२:३९

चैत ९, काठमाडौँ । सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्न सक्ने जोखिमलाई ध्यानमा राखी रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भारतमा सङ्क्रमण बढिरहेकाले नेपालमा पनि बढ्नसक्ने जोखिमलाई दृष्टिगत गर्दै सङ्क्रमणको रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन मन्त्रालयका मातहतका सबै कार्यालयलाई निर्देशन दिएको बताउनुभयो । 

मन्त्रालयले सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय, सङ्घीय प्रादेशिक अस्पताल, स्वास्थ्य सङ्घसंस्था, सबै जिल्लास्थित स्वास्थ्य कार्यालय र सीमा नाका सहायता कक्ष उहाँले भारतबाट प्रवेश गर्ने नाकामा रहेको सहायता कक्षमा ज्वरो आएका  यात्रुको मलेरियाको आरडिटी परीक्षण गर्न र कोभिड–१९ को एन्टिजेन परीक्षणसमेत गर्न निर्देशन दिएको छ । यसरी परीक्षण गर्न सङ्क्रमण देखिएकाको उपचारको व्यवस्था गर्न स्वास्थ्य सङ्घसंस्थासँग समन्वय गर्न भनिएको छ । 

यस्तै विदेशबाट आएका व्यक्तिलाई क्यारेन्टिनमा राख्न, रोगको निगरानीलाई चुस्तदुरुस्त पार्न पनि निर्देशन दिइएको छ । मन्त्रालयले सङ्क्रमण खोजी गर्न र कन्ट्याक्ट टे«सिङको कार्यलाई पनि बढाउन भनेको छ । उहाँले सबै अस्पताल र स्वास्थ्य संस्थामा महामारी व्यवस्थापनका लागि आवश्यक तयारी राख्न पनि निर्देशन दिएको जानकारी दिनुभयो । मन्त्रालयले स्थानीय तहलाई सङ्क्रमणको उच्च जोखिम क्षेत्र पहिचान गरी ‘समुदायस्तरमा कोभिड–१९ को गरिने एन्टिजेन परीक्षण प्रक्रियासम्बन्धी मार्गदर्शन’ बमोजिम गर्न निर्देशन दिएको छ । 

मन्त्रालयले हिजो नेपालमा पनि सङ्क्रमण बढ्न सक्ने अवस्थालाई दृष्टिगत गर्दैै देशभर सभा, जुलुस, ¥याली, भेला, जमघट, गोष्ठी, बैठक र भीडभाड हुने कार्य नगर्न÷ नगराउन निर्देशन दिएको थियो । मन्त्रालयका प्रवक्ता डा गौतमले भारतमा सङ्क्रमण बढेकाले भौतिक दूरी कायम गर्न, मास्क लगाउन, साबुनपानीले राम्रोसँग हात धुन वा स्यानिटाइजरको प्रयोग गर्न आग्रह गर्नुभयो । 

नेपालमा अहिलेसम्म दुई लाख ७५ हजार ९०६ जनामा सङ्क्रमण देखिएको छ । यस्तै दुई लाख ७१ हजार ९२१ जनामा सङ्क्रमणबाट निको र तीन हजार १६ जना सङ्क्रमणको कारणले निधन भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल