१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मौसमपूर्वानुमानलाई सही, भरपर्दाे र विश्वसनीय बनाउन प्रयास

१० चैत्र २०७७, मंगलवार १०:२९

चैत १०, काठमाडौँ । प्रत्येक वर्ष मार्च २३ मा मनाइने विश्व मौसम दिवस आज विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । विश्व मौसम सङ्गठन स्थापना भएको दिन (स्न १९५० मार्च २३) का स्मरणमा हरेक वर्ष नेपाललगायत विश्वव्यापी रुपमा विश्व मौसम दिवस मनाइन्छ ।  

यस वर्षको मौसम दिवसको नारा ‘समुद्र, जलवायु र मौसम’ रहेको छ जसले मौसम तथा जलवायुको महासागरसँगको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको छ । पृथ्वीको करीब ७१ प्रतिशत भाग समुद्रले ढाकेको छ । मौसम तथा जलवायुको उतारचढावमा समुद्रको ठूलो प्रभाव छ । विश्वव्यापी रुपमा दिनप्रतिदिन भूमण्डलीय तापमानमा भइरहेको वृद्धिले जलवायु चक्रको प्राकृतिक स्वरुपमा परिवर्तन भइरहेको छ । हिमालका हिउँ पग्लँदै गइरहेको छ । समुद्रमा पानीको सतह बढ्दै गइरहेको अवस्था छ । मौसम प्रणालीको स्वरुपमा अस्वाभाविक  फेरबदल भइरहेको छ । फलस्वरुप नेपालमा पनि अत्यधिक गर्मी, खडेरी, भारी वर्षा, शीतलहर, चट्याङ जस्ता विषम मौसमी अवस्थामा बढोत्तरी भइरहेको छ । 

यस्ता मौसम र जलवायुजन्य विपद्बाट प्रत्येक वर्ष हुने जनधनको क्षति न्यूनीकरण हाम्रा लागि प्रमुख चुनौती बनेको छ । मौसमपूर्वानुमानलाई समयसापेक्ष सही, भरपर्दाे र विश्वसनीय बनाउन तथा पूर्वसूचना प्रणालीको थप विकास र विस्तार तथा जलवायुको विश्लेषण र आकलनलाई थप प्रभावकारी बनाउने विषयलाई विभागले उच्च प्राथमिकताका साथ जानकारी गराउँदै आइरहेको जनाएको छ । विश्व मौसम दिवसको आजको दिनले सर्वसाधारणदेखि नीतिनिर्माताको तहसम्म मौसम तथा जलवायुको महत्वबारे ध्यानाकर्षण गर्दै सचेतना जगाउने अपेक्षा विभागले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल