२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

बाँदरलाई जङ्गलमै भुलाउन फलफूल खेती

१७ चैत्र २०७७, मंगलवार ०३:०७

चैत १७, तनहुँ | तनहुँको म्याग्दे गाउँपालिका–२ का श्यामलाल श्रेष्ठ बाँदर आतङ्कले हैरान हुनुहुन्छ । बाँदरले खेतबारीमा आएर बाली खाइदिने गरेपछि उहाँ मात्र होइन, उमाचोकका अधिकांश कृषक पीडित हुनुहुन्छ । 

खेतबारीमा आएर बाली खाइदिनुका साथै घरमै आएर पनि अन्नबाली नष्ट गर्ने क्रम बढ्दै गएको श्रेष्ठको गुनासो छ । “खेतमा काम गर्न गएको बेलामा बाँदरले आक्रमण पनि गर्ने गरेको छ, बाँदर आतङ्कबाट हैरानै भइयो”, श्रेष्ठले भन्नुभयो, “बाँदर आतङ्कबाट छुटकारा चाहिएको छ ।”

यहाँका कृषकलाई बाँदर आतङ्कबाट मुक्त गराउन डिभिजन वन कार्यालय तनहुँले जङ्गलमा फलफूलको बिरुवा रोप्ने कार्यक्रम अगाडि सारेको छ । “बाँदर आतङ्क न्यूनीकरण गर्न सबडिभिजन वन कार्यालय म्याग्देको सिफारिसबमोजिम उमाचोक सामुदायिक वनमा फलफूलका बिरुवा रोप्ने तयारी गरेका छौँ”, वन समूहका अध्यक्षसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो, “वनमै फलफूल भएपछि बाँदर त्यतै भुलेर बस्तीतिर आउँदैन कि भन्ने लागेको छ ।”

सबडिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले तनहुँमै पहिलोपटक उमाचोकमा बाँदर भुलाउन जङ्गलमा फलफूलको बिरुवा रोपण गर्न लागिएको जानकारी दिनुभयो । “बाँदरले आफ्नो आहाराको अभावमा किसानको खेतीबाली नष्ट गर्ने तथा मानिसलाई नै आक्रमण गर्ने समस्या न्यूनीकरणका लागि फलफूलका बिरुवा लगाउन लागेका हौँ”, रानाभाटले भन्नुभयो ।

यस कार्यक्रमका लागि डिभिजन वन कार्यालय तनहुँले रु सात लाख ५० हजार सहयोग गरेको छ भने २० प्रतिशत सामुदायिक वनले लागत साझेदारी गर्नेछ । सामुदायिक वनको तीन हेक्टर क्षेत्रफलमा करिब ८४० वटा विभिन्न प्रजातिका वनजन्य फलफूलको बिरुवा रोपिनेछ । “बुट्यान जङ्गलमा बाँदरले मन पराउने बर्सेनि उत्पादन हुने खालका बिरुवा लगाइनेछ, त्यसका लागि जग्गा मिलाउने, तारबार गर्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार यहाँ काफल, चिउरी, जामुन, अमला, लोकल आँपहरु, कटहर, चिलीलगायतका बिरुवा उत्पादन गरिनेछ । दुई/तीन वर्षमा फलफूल उत्पादन हुने भएपछि बाँदर जङ्गलमै भुल्ने र बस्तीसम्म नजाने विश्वास गरिएको छ । “म्याग्देका विभिन्न ठाउँमा बाँदर आतङ्क छ, त्यसमध्ये पनि उमाचोकमा बढी नै आतङ्क रहेको पाइयो”, रानाभाटले भन्नुभयो, “विगतमा धेरैपटक खेतबारीमै गएर महिलालाई आक्रमण गर्ने गरेको घटना छ ।” 

म्याग्देमा बाँदरले दुःख दिन थालेपछि गत वर्ष गाउँपालिकाले कृषकलाई बाँदर भगाउने उपकरण प्रदान गरेको थियो तर उक्त उपकरण प्रभावकारी नभएको कृषकको भनाइ छ । म्याग्दे गाउँपालिका–१ का कृषक एककुमार श्रेष्ठले बाँदरले बारीमा पसेर सबै बाली नष्ट गरिदिने गरेको गुनासो गर्नुभयो । म्याग्दे गाउँपालिका–२ का कृषक बुद्धिबहादुर मगरले बाँदरले दुःख दिएपछि दिनभर बारी कुरेर बस्नुपर्ने बाध्यता रहेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य