सवारी दुर्घटनामा एकजनाको मृत्यु, तीन घाइते

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

<p><b>चैत २३, मकवानपुर । </b>मकवानपुरको हेटाँैडा उपमहानगरपालिका–१० भुटनदेवी मोडमा दुई मोटरसाइकल एकापसमा ठोक्ँिकदा १७ वर्षीय सगुन रुम्वाको मृत्यु भएको छ । हेटाँैडा उपमहानगरपालिका–१० का निवासी उहाँको आज उपचारका क्रममा चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।&nbsp;<br></p><p>साथै सोही दुर्घटनामा तीनजना घाइते भएको र उनीहरुको हेटौँडामा उपचार भइरहेको&nbsp; प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो । गएराति हेटौँडाको बुद्धचोकबाट कर्रातर्फ जाँदै गरेको ना४९प ६२२३ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना४१प ६४३६ नंको&nbsp; मोटरसाइकल भुटनदेवी मोडमा एकापसमा ठोक्ँिकदा सो दुर्घटना भएको बताइएको छ ।&nbsp;</p><p>जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा घाइते भएकाहरु हेटौँडाका विज्ञान रुम्वा, विजय लामा र विक्रम&nbsp; लामा रहेको बताइएको&nbsp; छ ।&nbsp; उपचारपछि रुम्वालाई प्रहरीले नियन्त्रणमा राखेको छ ।</p>

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply