तीन दिन देखि हराएकि बालिकाको शव कर्णालीमा फेला,बलात्कारपछि हत्याको आशंका

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
3 Min Read

दान बहादुर बुढा । चैत २५, मुगु । मुगुको उत्तरी सोरुगाउँपालिवडा नं ९ कि एक जना बालिका हराएको तिन दिनपछि मृत अवस्थामा फेला परेकि छिन् । शनिबार देखि हराएकी भनिएकि एक बालिका तिन दिनपछि कर्णालीमा मृत अबस्थामा फेला परेकि हुन ।

सोरु गाउँपालिका ९ कि ९ बर्षिया लक्ष्मी चौलागाइ शनिबार देखि सोही गाँउपालिका-८ तारापानीबाट हराएको जानकारी प्रहरीलाई भएको थिए । प्रहरी र स्थनीयले खोजतलास गर्दा कतै फेला नपरीकी बालिका सोमबार माछा मार्न गएका स्थानियले सोही गाँउपालिका—८  मुगु कर्णालीको घाट भन्ने स्थानमा मृत अबस्थामा फेला परेकी छन ।

सोरु गाँउपालिका—९ कालै स्थाई ठेगान भएका चौलागाईको घरपरिवार केही समय देखि सोही गाँउपालिका—८ तारापानीमा बस्दै आएका छन । शनिबार तारापानीको घर नजिकै खेलिरहेकी ९ बर्षिया लक्ष्मी चौलागाई शनिबार देखि हराएपछि  स्थानिय र प्रहरीले खोजतलास गर्दा  बालिकाको घर देखि ५ सय मिटर टाढा मुगु कर्णालीको नदि बिच भागको ढुङ्गामा अडकिएको अबस्थामा फेला पारेको सोरु गाँउपालिका-८ का दानबहादुर शाहीले बताए ।

शव भेटिएको स्थान भन्दा केहि मिटर माथि आधा खाएको चाउचाँउका प्याकेट र सिंगो अर्को पाकेट समेत भेटिएको छ ।  उक्त स्थानको प्रकृति हेर्दा बालिकालाई कसैले ललाई फकाई गदै घरबाट टाढा लगी कुनै अनैतिक प्रयास गरी हत्या गरेर नदीमा फालेको हुन सक्ने बालिकाका दाई नाता पर्ने धर्मराज शाहीले बताए ।

लास फेला पारेको स्थान भन्दा केही मिटर यता भेटिएका चाउचाउका पाकेटबाट प्रारम्भिक अनुसन्धान गर्दा तारापानी सिप बजारमा दुई जनामात्र चाउचाउ व्यापारी भएको र शनिबार साझ तिर बालिकाको घर नजिक घर भएका एक छिमेकीले चाउचाउ लिएको खुल्न आएको छ ।

उक्त घट्नाको  शंकास्पद एक  व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको  जिल्ला कार्यालयका प्रहरी निरिक्षक नरेश विकले जानकारी दिए । प्रहरी निरिक्षक बिकका अनुसार प्रहरीले नियन्त्रणमा लिएको युवाले आफु शनिबार माधक पदार्थ सेवन गरेको ,त्यो दिन ति बालिकालाई आफुले वहिनी सम्झेर चाउचाउ दिन खोज्दा आफुलाई जडेया भनेर जिस्काएपछि हातले हान्न खोज्दा बालिका दौडिएपछि लडेर नदिमा परेको तर आफुले कुनै अनैतिक प्रयास नगरेको ति युवाले प्रहरीलाई बयान दिएको प्रहरीको भनाइ छ  ।

उनलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ । थप अनुसन्धान र पोष्ट मार्टम रिर्पोट आएपछिमात्र बालिकाको लास कसरी  मुगु कर्णाली नदीमा फेला परेको र बालिकाको हत्या वा अरु कारण केहो भन्ने बारे अनुसन्धान पछि मात्र थप जानकारी आउने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक चित्र बहादुर भट्टराईले बताए ।

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply