2026-09-08 02:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

वायु प्रदूषण : बढ्न थाले आँखाका बिरामी

चैत २५, मकवानपुर । दुई हप्तादेखि मकवानपुरको हेटौँडा आसपास क्षेत्रमा लागेको डढेलो र वायु प्रदूषणका कारणले जिल्लामा आँखाका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । वायु प्रदूषणको जोखिम बढेपछि हेटाँैडाको सामुदायिक आँखा अस्पतालमा आँखाको उपचार गराउनेको सङ्ख्यामा व्यापकरुपमा वृद्धि भएको सो अस्पताल प्रशासनले जनाएको छ । विगत दुई हप्तादेखि वायु प्रदूषणका कारणले आँखा उपचार गराउनेको सङ्ख्यामा वृद्धि भएको अस्पतालका वरिष्ठ प्रशासक सुधीर श्रेष्ठले बताउनुभयो । 

अहिले वायु प्रदूषणलगायत र अन्य विभिन्न कारणले दैनिक ३५० भन्दा बढी आँखाका  बिरामी अस्पतालमा उपचार गराउन आउने गरेको बताइएको छ । अस्पतालमा आँखाको उपचार गराउन आउने अधिकांश बिरामीको आँखा पोल्ने, आँखा रातो हुने र आँखामा एलर्जी हुनेलगायत टाउको दुख्ने समस्या रहेको बताइएको छ । अस्पतालमा नियमित आँखा जाँच गराउन आउने र फलोअपका लागि आउने तथा आँखाको शल्यक्रिया गराउन आउनेको सङ्ख्या पनि उल्लेख्य मात्रामा रहेकाले सेवाग्राहीको अत्यधिक चाप बढेको प्रशासक श्रेष्ठले बताउनुयो ।

अस्पतालमा हप्तामा पाँच दिन आँखाको शल्यक्रिया हुने गरेको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका कारण दैनिक २०० आँखाका बिरामीको उपचार गर्दै आएको सो अस्पतालले बिरामीको चाप बढेपछि बिहान ७ बजेदेखि ११ बजेसम्म तोक्न दिने गरेको र त्यही समयदेखि उपचार शुरु हुने गरेको बताइएको छ । 

आँखाको सामान्य जाँचपश्चात् १५० भन्दा बढीले चश्मा बनाएर जाने गरेको श्रेष्ठले जानकारी दिनुभयो । आँखा अस्पतालमा आउने सम्पूर्ण सेवाग्राहीमध्ये ५० प्रतिशत स्वास्थ्य  बीमाका सदस्य रहेको बताइएको छ । बीमाबाट चश्मा बनाउन एक आर्थिक वर्षमा एकपटकका लागि रु एक हजार उपलब्ध हुने गरेको छ ।

त्यसैगरी आँखाको निजी क्लिनिकमा उपचार गराउने तथा चश्मा पसलमा पनि चश्मा बनाउनेको सङ्ख्यामा वृद्धि भएको बताइएको छ । वायु प्रदूषण र धुवाँधुला कारण हेटौँडा  अस्पतालमा रुघाखोकी र नाक, कान र घाँटी तथा एलर्जीका बिरामीको उपचार गराउनेको सङ्ख्या बढेको सो अस्पतालले जनाएको छ । निजी क्लिनिक र नर्सिङ होममा पनि वायु प्रदूषणबाट प्रभावित बिरामी उपचार गराउने बढेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल