२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा देशव्यापी लकडाउन आवश्यक नभएको दाबी

२०७८, १ बैशाख बुधबार १५:४०

 वैशाख १, नयाँ दिल्ली । (रासस/एएनआई) भारतमा कोरोना भाइरसको महामारी तीव्ररुपमा फैलिँदै गए पनि देशव्यापी लकडाउनको आवश्यकता भने नरहेको सरोकारवालाहरुले दाबी गरेका छन् । 

सानो सानो क्षेत्रमा छुट्टाछुट्टैरुपमा लकडाउन लागु गर्न आवश्यक हुन सक्ने, तर देशव्यापी लकडाउन एकैचोटी गर्न भने नहुने विज्ञहरुले सुझाव दिएका हुन् ।

कोरोना भाइरससम्बन्धी राष्ट्रिय प्राविधिक सल्लाहकार समूहका प्रमुख डा एन के अरोराले बुधबार देशव्यापी लकडाउन आवश्यक नभएको सिफारिस सरकारलाई गर्नुभएको छ ।

समूहका अध्यक्ष अरोराले भन्नुभएको छ, “कोरोना भाइरसको सङ्क्रमण दर न्यून हुँदै जाओस् भन्ने हाम्रो उद्देश्य छ, तर त्यसका लागि लकडाउन नै लगाउनुपर्छ भन्ने चाहिँ होइन ।”

उहाँले सानोसानो क्षेत्रमा भने लकडाउन स्थानीय आवश्यकता र अवस्थाअनुसार लगाउनु उपयुक्त हुने धारणा पनि राख्नुभयो ।  

सानोसानो क्षेत्रमा स्थानीयरुपमा लागू गरिएको लकडाउन प्रभावकारी र व्यावहारिक हुने तर देशव्यापीरुपमा लकडाउन लागू गर्दा प्रभावकारी र व्यावहारिक नहुने उहाँले बताउनुभयो ।

“हामीले विगतमा पनि देख्यौँ र अहिले पनि देखिरहेका छौँ, स्थानीयरुपमा सानोसानो क्षेत्रमा तय गरिएको लकडाउन प्रभावकारी र व्यावहारिक भएको छ, व्यवस्थापन पनि सहज देखिएको छ भने स्वास्थ्य सेवाको नतिजा पनि राम्रो आएको छ”, उहाँले भन्नुभयो ।  

देशभरी कोरोना भाइरसविरुद्धको खोपको अभाव नरहेको स्पष्ट पार्दै उहाँले उच्च प्राथमिकतामा परेकाहरुलाई खोप दिइसकेको बताउनुभयो ।

भारतमा मङ्गलबार मात्रै कोरोना भाइरसबाट थप एक लाख ८४ हजार जना सङ्क्रमित भएका थिए । योसँगै भारतमा कूल सङ्क्रमितहरुको सङ्ख्या एक करोड ३८ लाख ७३ हजार ८२५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।  

भारतमा पछिल्लो समय फेरि कोरोना भाइरसबाट सङ्क्रमित र मृतकहरुको सङ्ख्या तीव्ररुपमा बढ्दै गइरहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते