2026-10-03 04:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

पूर्वी तराईका आदिवासीको सिरुवा पर्व कोभिडबाट प्रभावित

बैशाख २, झापा । झापा, मोरङ र सुनसरीमा बसोबास गर्दै आएका आदिवासी समुदायको मुख्य पर्व सिरुवा यस वर्ष कोभिड–१९ का कारण प्रभावित बनेको छ । 

नयाँ वर्षको शुरुआतसँगै पानी, हिलो र रंग खेलेर परम्परागतरुपमा उल्लासपूर्वक सिरुवा मनाउने प्रचलन छ । मौलिक संस्कृतिको जगेर्ना गर्दै मनाइने सिरुवा यस वर्ष कोभिड महामारीको दोस्रो लहरका कारण प्रभावित बनेको हो । 

राजवंशी र ताजपुरिया जातिले वैशाख १ गते पानी, २ गते कादो (हिलो) र ३ गते रंग खेलेर सामूहिकरुपमा सिरुवा पर्व मनाउँछन् । कोभिड सङ्क्रमण बढेका कारण यस वर्ष आआफ्नो घरमा बसेर पर्व मनाउन बाध्य भएको राजवंशी समाज विकास समितिकी केन्द्रीय सदस्य फूलमति राजवंशीले बताउनुभयो । 

“कोभिडको जोखिम बढेका कारण यसपटक उल्लासपूर्वक मनाउन पाइएन । आफन्त, नातागोताकोसमेत जमघट भएन”, उहाँले भन्नुभयो, “हिन्दूको महान चाड दशैँ जस्तै हो यो हाम्रो सिरुवा पर्व, तर पहिलो प्राथमिकता स्वास्थ्य सुरक्षा भएकाले जमघट गरिएन ।”

उहाँले पछिल्ला दुई वर्षमा कोभिड सङ्क्रमणको त्रासदीका कारण सिरुवाको रौनकले नछोएको बताउनुभयो । वर्षभरि शीतलता प्राप्त होस्, क्रोध नष्ट भएर जाओस् भन्ने कामना गर्दै वैशाख १ गते पानी सिरुवा मनाइने गरिन्छ । त्यसैगरी वैशाख २ गते हिलो छ्यापाछ्याप गरी माटोसँगको आत्मीयता कायम राख्न कादो सिरुवा मनाउने गरिन्छ भने वैशाख ३ गते जीवन थप रङ्गीन बनोस् भन्ने कामना गर्दै रंग सिरुवा मनाउने परम्परागत चलन भएको उहाँको भनाइ छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने