2026-09-12 07:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

बिदा स्वीकृत नलिइ कार्यालयमा उपस्थित नहुने १९ कर्मचारीलाई कारबाही

वैशाख ३, ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा बिदा स्वीकृत नलिइ कार्यालयमा उपस्थित नहुने १९ कर्मचारीलाई गाउँपालिकाले विभागीय कारवाही गर्ने भएको छ । गत चैतको पहिलो सातादेखि यही वैशाख ३ गतेसम्म प्रमुख प्रशासकीय अधिकृतले हाजिरी छड्के निरीक्षण गर्दा १९ कर्मचारीलाई कारवाहीमा तानिएको बताइएको छ ।

सो कार्यालयमा कार्यरत अधिकृतस्तर छैटौँ तहदेखि कार्यालय सहयोगीसम्मका १९ कर्मचारीलाई एकैपटक कारवाही गरिने प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले बताउनुभयो ।

 उहाँले भन्नुभयो, “लिखित बिदा स्वीकृत नगराइ कार्यालयमा उपस्थित भएको नपाइएकाले निजहरुलाई प्रचलित कानून बमोजिम कारवाही गरिएको हो ।” पहिलो चरणमा स्पष्टीकरण लिने र प्रचलित कानून बमोजिम कारवाही गरिने आङ्देम्बेले जानकारी दिनुभयो । 

सो कार्यालयमा कार्यरत कर्मचारीले पटकपटक बिदा स्वीकृत नगरेर कार्यालय बाहिर जाने, बाहिर बस्ने प्रविधि बढेकाले पहिलो चरणमा लिखित स्पष्टीकरण माग्ने र उचित स्पष्टीकरण नआएमा कार्यपालिको बैठकले निर्णय गरेर कारवाहीको प्रक्रिया अगाडि बढाइने गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले बताउनुभयो । 

 किसानलाई भेडा वितरण

फुङ्लिङ नगरपालिकामा किसानलाई भेडाका पाठापाठी वितरण गरिएको छ । मासु, ऊन र मलको उत्पादन गर्न सकिने बहुउपयोगी घरपालुवा पशुका रुपमा रहेको भेडा पालनलाई प्रवद्र्धन गर्ने उद्देश्यले नगरपालिकाले किसानलाई भेडा वितरण गरेको हो ।

 नगरपालिकाले चालू आर्थिक वर्षमा भेडा प्रवद्र्धन कार्यक्रमअन्तर्गत बजेटको व्यवस्था गरेरै नगरपालिकाभित्रका किसानलाई भेडा वितरण गरेको बताइएको छ । नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराईका अनुसार वडा नं ८ दोखु चारपाटेका किसानलाई भेडाको पाठापाठी वितरण गरिएको छ । नगरपालिकाको ७५ प्रतिशत रकम अनुदानमा चारपाटेका किसानलाई ५८ भेडा वितरण गरिएको उपप्रमुख भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन