२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अबको एक साता देशव्यापी रुपमा बदली र वर्षा जारी रहने

२०७८, ४ बैशाख शनिबार ०२:१२

बैशाख ४, काठमाडौं । प्रीमनसुन जगाउँदै अबको एकसाता देशव्यापी  रूपमा बदलीसँगै हल्कादेखि मध्यम वर्षाको क्रम जारी रहने भएको छ ।

मौसम  पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको साप्ताहिक कृषि बुलेटिनअनुसार  देशका सातै प्रदेशमा आउँदो  साता  बदली  र  वर्षाको सम्भावना रहेको छ । 

वर्षा शुक्रबारदेखि  राजधानी  उपत्यका  लगायत मुलुकका कतिपय भागमा आरम्भ भएको छ ।साताका  अधिकांश दिनमा  हिमाली  तथा पहाडी  भू–भागमा  आंशिकदेखि  सामान्य  बदली  रहने  भएको  हो । तराईका  भूभागमा  साताको  सुरु  र  अन्त्यमा  आंशिकदेखि  सामान्य  बदलीको  अवस्था रहनेछ । 

सो अवधिका केही स्थानमा हावाहुरी र चट्याङसहितको वर्षा हुनेछ । त्यस्तै साताको मध्यमा आंशिक बदली रही सामान्य मौसम रहने जनाइएको छ ।

कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका  पहाडी  भूभागमा  साताको  सुरु र अन्त्यताका थोरै स्थानमा मेघ गर्जन  चट्याङसहितको  हल्कादेखि  मध्यम वर्षा हुनेछ ।

त्यसैगरी  प्रदेश  १,  बागमती  प्रदेश  र  लुम्बिनी  प्रदेशका  पहाडी  भूभागमा साताको सुरु र अन्त्यको समयमा  थोरै  स्थानमा  मेघ  गर्जन  र  चट्याङसहितको  हल्का  वर्षाको  सम्भावना रहेको छ । 

यस साताभर हिमाल, पहाड र तराईका सबैजसो स्थानमा अधिकतम  तथा  न्यूनतम  तापक्रम हल्का वृद्धि हुनेछ । मौसमविद्  राजु  प्रधानाङ्गका अनुसार यतिबेला नेपालमा पश्चिमी वायु  र स्थानीय वायु  दुवै  सक्रिय  छन्  । प्रीमनसुनको  झन्डै  दुई  महिनासम्म  वर्षा  हुन  नसके  पनि  अबको केही दिन हुने हल्कादेखिको मध्यम वर्षाले राहत पु¥याउने उनले जानकारी दिए । 

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते