2026-09-18 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुर गढीमा खानेपानीको हाहाकार

वैशाख ५, उदयपुर । पर्यटकीयस्थलका रुपमा चिरपरिचित रहँदै आएको गढी गाउँपालिकाको उदयपुर गढी क्षेत्रमा खानेपानीको चरम समस्या भएको छ । डेढ महिनादेखि सो क्षेत्रमा पानी लिफ्टिङ्ग गर्ने जेनेरेटर  बिग्रिएकोले खानेपानीको हाहाकार भएको हो ।  

स्थानीय होटेल व्यवसायी तथा घरबास (होमस्टे) सञ्चालक कृष्ण धमलाले गढी क्षेत्रमा खानेपानीको समस्या भएको जानकारी दिनुभयो ।  

तीन किलोमिटर दूरीमा रहेको जोगिधाराबाट लिफ्टिङ्ग गरेर पानी तान्ने गरिएको थियो । यसबाट गढी गाउँपालिकाको कार्यालयसहित झण्डै ५० घरले पानीको उपयोग गर्दै आएका थिए ।  केही स्थानीयवासी दुई घण्टा लाग्ने जोगिधारा र  कोही नौ किलोमिटर वैद्यनाथ खोलाबाट ट्र्याक्टरमा पानी बोकाएर खान बाध्य छन्  । गढी घुम्न आउने पर्यटकसमेत पानीको समस्या देखेर गढीमा बास बस्न छाडेका छन् भने घुम्न आउने पर्यटकको सङ्ख्या पनि ह्वात्तै घट्न पुगेको होमस्टे सञ्चालक देवराज राईले जानकारी दिनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष सानुकुमारी राउत भन्नुहुन्छ, “केही वर्षदेखि गढी क्षेत्रमा खानेपानी समस्या समाधान गर्न जोगिधाराबाट लिफ्टिङ्ग गरेर गढीका ५० घर जनतालाई धाराबाट पानी वितरण गर्दै आएका हौँ ।  केही महिनादेखि प्राविधिक समस्याका कारण खानेपानीको समस्या आयो ।” उहाँले गढी क्षेत्रमा बिजुली आइसकेको र मेशिन सञ्चालन गर्न तेल नचाहिने हुँदा खानेपानीको समस्या छिट्टै समाधान हुने दाबी गर्नुभयो ।

गाउँपालिकाका अध्यक्ष मोहन केपीछाके मगरले खानेपानी समस्या समाधान वैद्यनाथ खोलादेखि नै पानी लिफ्टिङ्ग गरेर गढी क्षेत्रसम्म पु¥याउन लागिएको जानकारी दिनुभयो । गढी समुद्री सतह देखि दुईहजार मिटरको उचाइरमा रहेको एतिहासिक पर्यटकिय स्थल हो । तत्कालीन राजा पृथ्बीनारायण शाहका फौजले आक्रमण गर्नु अघि गढीमा उदयसेन राजाले राज्य गरेको बताइएको छ । 

गढीमा एक हजार वर्ष पुरानो वरको रूख रहेको छ भने पञ्चावती देवीको मन्दिर जस्ता महत्वपूर्ण मन्दिर पनि  छ । गढीबाट उत्तरतिर एकैपटक ६ वटा हिमशृङ्खलाहरु अवलोकन गर्न सकिन्छ । गढीबाट दक्षिणतिर तराईको धनुषाको जनकपुर, सिरहा, सप्तरीसहित पश्चिमतिर सिन्धुली रामेछाप, ओखलढुङ्गा उत्तर खोटाङ र भोजपुर क्षेत्र एकैचोटि अवलोकन गर्न सकिन्छ  । 

एक सय गन्तव्यको सूचीमध्येमा गढी पनि रहेको छ ।  खानेपानीको समस्याका कारण गढीका धेरै जनता गाउँ छाडेर अन्यत्र बसाइँ सर्ने क्रम बढ्दै गएको छ । विसं २०६४ सम्ममा गढीक्षेत्रमा २२० घर रहेको भए पनि बसाइँ सर्ने क्रम बढ्दै गएपछि अहिले ५० घर मात्र रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई