२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

नेपालगञ्जमा आजदेखि लकडाउन

२०७८, ८ बैशाख बुधबार ०५:३७

वैशाख ८, काठमाडौँ । बाँकेको नेपालगञ्जमा आज देखि एक हप्ता लकडाउन हुनेभएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै बुधबार राति १२ बजे देखि लकडाउन लगाउने निर्णय गरेको हो ।

लकडाउनको समयमा अत्यावश्यक गाडीबाहेक बैंक तथा वित्तीय संस्थासहित सबै प्रकारका सेवा सञ्चालनमा रोक लगाइएको जिल्ला प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । लकडाउन वैशाख १५ गते सम्म लागुहुने उनले बताए । 

आज बिहानसम्म सक्रिय संक्रमित ७ सय ३५ पुगेको र अस्पतालहरु बिरामीले भरिएको अवस्थालाई ध्यान दिएर लकडाउन गर्न लागिएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । लकडाउन भए पनि स्वास्थ्य, सुरक्षा, विद्युत, सञ्चार, खानेपानी, फोहोरमैला, ग्यास, पेट्रोलियम पदार्थ, एटीएमलगायत क्षेत्र भने बन्द नहुने जनाइएको छ । 

लकडाउन उल्लङ्घन गर्नेहरुलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने प्रशासनले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो