२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा कोरोनाका कारण एक जनाको मृत्यु

८ बैशाख २०७८, बुधबार १२:१४

वैशाख ८, डोटी । यहाँका एक जनाको कोरोनाका कारण मृत्यु भएको छ । एघार दिनअघि भारतको गुजरातबाट काम गरी घर फर्किएका दिपायल सिलगढी नगरपालिका–१ घटाली गाउँका युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर मल्लले बताउनुभयो ।  प्रहरी नायब उपरीक्षक मल्लले भन्नुभयो, “निज युवकको दाजुको गएको शनिबार भारतमा कोरोनाले मृत्यु भएको र उनको घर आएपछि मृत्यु भएपछि कोरोनाले मृत्यु भएको भन्ने आशङ्का गरिएको छ ।”

 जिल्ला अस्पतालका कोरोना सम्पर्क व्यक्ति तेजबहादुर शाहीले मृत्यु भएका व्यक्तिको कोरोना जाँच नगरिएको र भारतबाट घर आएर होम आइसोलेशनमा बसेका बेला मृत्यु भएको भन्ने खबर आएको बताउनुभयो । उहाँले भन्नुभयो, “भारतबाट आएर बिरामी हुँदा निज स्वास्थ्यकर्मीको सम्पर्कमा आउनुभएन, मृत्यु भएपछि कोरोना जाँच नगर्नू भन्ने सरकारी निर्देशनअनुसार उहाँको स्वाब टेष्ट गरेनौँ ।” 

प्रमुख जिल्ला अधिकारी सुनिल खनालले कोरोनाका कारण मृत्यु भएका भनिएका युवकको सम्पर्कमा आएका व्यक्ति तथा उनको घर परिवारका सदस्यको स्वाब जाँच गर्न जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “मर्ने व्यक्ति त मरिसके, उनको सम्पर्कमा आएका र घर परिवारको स्वाब टेष्ट गर्न भनेको छु, स्वाब टेष्टपछि मृत्युको सबै कारण खुल्ने छ ।” 

सामान्य स्वास्थ्य समस्यापछि एकाएक छटपटाहट बढेको र मङ्गलबार राति आफ्नै घरमा उनको मृत्यु भएको स्थानीयवासीले जनाएका छन् । जिल्लामा क्वारेन्टिन निर्माण नगरिएका कारण भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक सीधै गाउँ जान थालेकाले समस्या हुने गरेको बताइएको छ । जिल्लामा कोरोनासम्बन्धी कुनै जाँच नभएका कारण र भारतबाट आएका नागरिक सीधै घर आउने गरेका कारण गाउँमा त्रास फैलिएको केआइसिंह गाउँपालिकाका तीर्थराज जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी