२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित दुई जनाको मृत्यु

२०७८, ९ बैशाख बिहीबार १६:००

 वैशाख ९, सुदूरपश्चिम (रासस) । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका सङक्रमित दुई जनाको मृत्यु भएको छ । कोरोना भाइरसबाट सङ्क्रमित बझाङ जिल्लाका ४८ वर्षीय पुरुष र अछाम जिल्लाका ६५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ ।

मृतक दुवै जनाको एन्टिजेन परीक्षण गर्दा कारोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको थियो । निर्देशनालयको तथ्याङ्कका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशका कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र बैतडी जिल्लाका गरी थप ६९ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

विभिन्न अस्पतालको सघन उपचार कक्षमा १० जना र तीन जनाको भेन्टिलेटरमा राखेर उपचार व्यवस्थापन भइरहेको छ । प्रदेशमा कोभिड–१९ का ३७८ जना सक्रिय बिरामीमध्ये ७५ जना विभिन्न अस्पतालका आइसोलेशनमा र अन्य सक्रिय सङ्क्रमित स्थानीय तहका आइसोलेशनमा रहेका छन् । 

भारतमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण र मृत्युदर बढ्दै गएसँगै सुदूरपश्चिम प्रदेशमा पनि यो रोगको सङ्क्रमणदर पछिल्ला दिनमा उकालो लागेको छ । भारतबाट फर्किनेमा यो रोगको सङ्क्रमण बढी देखिएको जनाइएको छ ।

 नेपाल फर्किनेमा कोरोना भाइरसको सङ्क्रमण भए÷नभएको पत्ता लगाउन सीमा क्षेत्रका ‘हेल्थ डेस्क’ मार्फत एन्टिजेन परीक्षण गर्ने कार्य भइरहेको छ । सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लालाई कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम जिल्लाका रुपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी