२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

खुलेआम हाट बजार र पार्टी प्यालेस

१२ बैशाख २०७८, आईतवार ०८:५६

वैशाख १२, सिन्धुली | जिल्लामा पुनः कोभिड–१९ बाट संक्रमित हुनेको सङ्ख्या बढ्दै गएको छ । एक साताअघिसम्म सङ्क्रमणमुक्त रहेको जिल्लामा अहिले १३ सङ्क्रमित पुगेका छन् ।

शनिबार छ जना कोभिड–१९ का सङ्क्रमित थपिएसँगै हाल यहाँ दोस्रो लहरका कोभिडका बिरामीको सङ्ख्या १३ पुगेको सिन्धुली अस्पतालले जनाएको छ । कोरोना भाइरसका लक्षण देखिएका व्यक्तिको जिल्लामा नै परीक्षण गर्न प्रयोगशाला स्थापना गरिएको छ । 

जिल्लास्थित पिसिआर परीक्षण प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा शनिबार छ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको हो । लक्षण देखिएका १३ जनामा गरिएको परीक्षणमा छ जनामा मात्र कोभिड–१९ को सङ्क्रमण देखिएको अस्पतालका कोभिड प्रवक्ता डा सागर देवकोटाले जानकारी दिनुभयो ।

देशभर कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको यही वैशाख ८ गते बसेको बैठकले जिल्लाभित्रका पार्टी प्यालेस, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, सभा, आमसभा, जुलुस र हाटबजार मानिसको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो ।

त्यसको कार्यान्वयन भने हुन सकेको छैन । मास्कको प्रयोग, सामाजिक दूरी कायम तथा स्वास्थ्य सुरक्षाको मापदण्डको पालना नगरी जिल्लामा खुलेआम हाट बजार लाग्ने, पार्टीप्यालेस सञ्चालन र राजनीतिक दलका कार्यक्रम भइरहेका छन् । सामान्य सावधानीसमेत नअपनाउँदा जिल्लामा कोरोना भाइरस सङ्क्रमण तीव्ररूपमा हुनेमा त्रास बढ्दो अवस्थामा रहेको छ ।

दोस्रो खोप अभियान सम्पन्न

सिन्धुलीमा दोस्रो मात्रा खोप अभियान सम्पन्न भएको छ । गत मङ्गलबारदेखि शुरु गरिएको कोभिड– १९ विरुद्धको दोस्रो मात्रा खोप अभियान शनिबारबाट सम्पन्न भएको हो । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा पहिलो चरणअन्तर्गत पहिलो खोप लगाउनेलाई गत मङ्गलबारदेखि दोस्रो मात्रा खोप सञ्चालन गरिएको थियो । दोस्रो मात्रा जिल्लाका एक हजार ६०९ जनाले लगाएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन