२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुपन्देहीमा टिपरले जन्ती बसलाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु, ६ जना गम्भीर घाइते

२०७८, १२ बैशाख आईतवार १६:१४

वैशाख १२, बुटवल (रासस) । रुपन्देहीको कोटिहवामा टिपरले जन्ती बसलाई ठक्कर दिँदा आज दुई बालिकाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना गम्भीर घाइते भएका छन् ।

भैरहवाबाट बुटवल आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिपरले सोही दिशाबाट बुटवल आउँदै गरेको लु १ ख ९६८५ नम्बरको जन्ती बोकेको बसलाई रुपन्देहीको कोटिहवामा ठक्कर दिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक डम्मरबहादुर विकले जानकारी दिनुभयो ।

दुर्घटनामा परी तिलोत्तमा नगरपालिका–५ की आठ वर्षीया गङ्गा हरिजन र १० वर्षीया सरस्वती हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट सरस्वतीको घटनास्थलमै र गङ्गाको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये टिपर चालकको युनिभर्सल मेडिकल कलेजमा र अन्य चारको क्रिमसन अस्पतालमा उपचार भइरहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी