२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पिपिई लगाएका मान्छे कोठामा छिर्नेबित्तिकै मुटु काँप्छ, लास उठाएर बाहिर लैजान्छन्’

२०७८, १४ बैशाख मंगलवार ०२:४४

बैशाख १४, काठमाडौं । नेपालगन्ज–२ घरबारी टोलका व्यापारी हिमलाल न्यौपाने र उनकी पत्नी दुर्गादेवी चार दिनदेखि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका छन्।

उक्त वार्डको ४५ नम्बर बेडमा यी दम्पतीले आलोपालो गरेर कोरोनाको उपचार गराइरहेका छन्। हिमलालको भन्दा दुर्गादेवीको स्वास्थ्य अवस्था कमजोर छ। श्वासप्रश्वासमा बढी समस्या भएकाले उनलाई अक्सिजन दिइरहनुपर्छ। हिमलाललाई भने छाती दुख्ने समस्या छ।

गत बुधबार कोरोना पोजेटिभ देखिएपछि ५२ वर्षका यी दम्पती अस्पतालमा भर्ना भएका हुन्। ‘श्रीमतीलाई श्वासप्रश्वासमा समस्या भएको हुँदा बल्लतल्ल भर्ना गराएँ। खाली नहुँदा मैले बेड पाइनँ। अहिलेसम्म एउटै बेडबाट बुढाबुढीले उपचार गराइरहेका छौं,’ उनले नागरिकसँग भने।

तीन दिनयता बिरामीको चापले गर्दा अस्पताल भरिभराउ भएको स्मरण गर्दै हिमलालले भने, ‘हिजोअस्तिसम्म त खुट्टा टेक्ने ठाउँ पनि थिएन, एकछिन बेड खाली भए पनि तत्कालै सिरियस बिरामी आएपछि मानवताको नाताले छाडिदिएँ।’ कोभिड वार्डमा भर्ना भएका बिरामीको बोल्दाबोल्दै मृत्यु भएको देख्दा आफ्नो होस नै उडेको हिमलाल बताउँछन्।

‘सेतो कपडा (पिपिई) लगाएका मान्छे कोठामा छिर्नेबित्तिकै मुटु काँप्छ, उनीहरू लास उठाएर बाहिर लैजान्छन्, कसैलाई त भित्र ल्याउँदाल्याउँदै मरेपछि बाटाबाटै फर्काएर लैजानुपर्छ,’ उनले त्यहाँको अवस्था वर्णन गर्दै भने।

आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी