2026-09-19 01:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

दिक्तेलमा ३२ शय्याको आइसोलेसन केन्द्र स्थापना

वैशाख १६, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३२ शय्याको आइसोलेसन केन्द्र स्थापना भएको छ । कोरोना भाइरस सङ्क्रमित बिरामीको सङ्ख्या वृद्धि हुन थालेपछि नगरपालिकाले सो केन्द्र स्थापना गरेको हो । 

नगरपालिकाका प्रमुख दीपनारायण रिजालले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिक्तेलको भवनमा निर्माण गरिएको सो आइसोलेसन केन्द्रको उद्घाटन गर्दै केन्द्रमा तत्काल अक्सिजन सिलिण्डरको व्यवस्थापन गरिने बताउनुभयो । नगरपालिकाले नेपाली सेनाको सहयोग र सहकार्यमा निर्माण गरिएको सो केन्द्रमा २७ पुरुष र पाँच महिला गरी कूल ३२ सङ्क्रमितको उपचार गर्न सक्ने बताइएको छ । 

जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) खोटाङको निर्णयानुसार नगरपालिकाले सो केन्द्रको स्थापन गरेको हो । 

केन्द्रले जिल्लाका दश स्थानीय तहमध्ये नगरपालिकालाई अक्सिजनसहित ३० शय्या र गाउँपालिकालाई २० शय्याको आइसोलेसन केन्द्र स्थापना गर्न निर्देशन दिएको थियो । 

हलेसी मन्दिर र हाठबजार १५ दिनका लागि बन्द 

कोभिड–१९ को दोस्रो चरणको महामारीलाई मध्यनजर गर्दै खोटाङको त्रिधार्मिकधाम हलेसी मन्दिरसहित जिल्लाका विभिन्न ठाउँमा लाग्ने हाटबजार १५ दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ । 

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) खोटाङको बसेको आकस्मिक बैठकले दैनिकजसो दर्शनार्थीको भीड लाग्ने त्रिधार्मिकधाम हलेसी मन्दिरसहित जिल्लाका विभिन्न ठाउँमा लाग्ने हाटबजार वैशाख मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने हलेसीमा उपस्थित हुने दर्शनार्थी एवम् तीर्थयात्रीको भीडले एक अर्कामा सङ्क्रमण जोखिम बढ्ने भएकाले १५ दिनका लागि हलेसी मन्दिर बन्द गर्ने निर्णय गरिएको डिसिसिएमसीका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो ।  

गत वर्ष कोरोना कहरका बीचमा हिन्दु, किराँत र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र हलेसी गुफाको फलामे गेटमा ताला लगाएर बाहिरैबाट पूजाआजा गर्ने व्यवस्था मिलाइएको थियो । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथाममा सहयोग पुर्याउने उद्देश्यले हलेसीको गुफा प्रवेशमा रोक लगाइएको यो दोस्रो पटक हो । त्यस्तै बैठकले हलेसीसँगै जिल्लाका सबै मठ, मन्दिर, शक्तिपीठ, मस्जिद, गुम्बा र चर्चमा दैनिक रुपमा गरिने पूजापाठ, प्रार्थनाबाहेक भेला भएर गरिने पूजा, भजनकिर्तन, कलश यात्रा, बलिपूजाजस्ता धार्मिक कार्यहरु वैशाख मसान्तसम्म बन्द गर्ने/गराउने निर्णय गरेको केन्द्रले जनाएको छ ।

त्यस्तै बैठकले स्थानीय तहले नाका वा सीमा पार गरी भित्रिने यात्रु तथा व्यक्तिको एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाउने, स्वास्थ्य सुरक्षा सावधानी तथा भौतिक दूरी कायम गर्न जनचेतनामूलक कार्यक्रम र सन्देश प्रवाह गर्ने÷गराउने निर्णय गरिएको बताइएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा यसअघि ७१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको थियो । सङ्क्रमण देखिएका सबै जना उपचारपछि निको भएर घर फर्किसकेको जिल्ला जनस्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई