२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सीमा नाकामा अनिवार्य पिसिआर परीक्षण गर्न सभापति देउवाको सुझाव

२०७८, १७ बैशाख शुक्रबार १२:५१

 वैशाख १७, काठमाडौँ (रासस) । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतबाट घर फर्किएका नागरिकको सीमा नाकामा अनिवार्य पिसिआर परीक्षण गर्न सरकारलाई सुझाव दिनुभएको छ । सभापति देउवाले आज आफ्नो निवास बूढानीलकण्ठमा  पत्रकार सम्मेलन गर्र्दै सीमा नाकामा अनिवार्य परीक्षण गर्न तथा त्यसको नतिजा नआउँदासम्म नागरिकलाई होल्डिङ सेन्टरमा राख्न  सरकारसँग माग गर्नुभयो । 

परीक्षणका क्रममा कोरोना सङ्क्रमितलाई स्थानीय तहसँग समन्वय गरी आइसोलेशनमा राख्ने व्यवस्था मिलाउन पूर्वप्रधानमन्त्री देउवाले सरकारलाई सुझाव दिनुभयो ।

वर्तमान सरकार कोरोना रोकथाम र नियन्त्रणमा गम्भीर नभएको आरोप लगाउँदै  नेता देउवाले सरकारको लापरवाहीका कारण कोरोना फैलिइरहेको विचार राख्नुभयो । काठमाडौं उपत्यकाबाट ठूलो सङ्ख्यामा सर्वसाधारण गाउँ फर्किएकाले कोरोना थप फैलिने खतरा बढेको सभापति देउवाले सुनाउनुभयो । सङ्क्रमितहरु परीक्षण नै नगरी गाउँतिर गएका कारण थप भयावह स्थिति आउने प्रति उहाँले सचेत गराउनुभयो । 

निषेधाज्ञाका अवधिमा कोरोना रोकथाम र नियन्त्रणका लागि आवश्यक काम गर्न सभापति देउवाले सरकारलाई सुझाव दिनुभयो । “वर्तमान सरकारको ध्यान उद्घाटन, भीडभाड र तडकभडकमा बढी केन्द्रित भएको छ, सङ्क्रमण रोक्न सरकारले कुनै ठोस काम गर्न नसक्दा निषेधाज्ञा गर्नुपर्ने अवस्था आएको हो ”, उहाँले भन्नुभयो ।

सभापति देउवाले स्वास्थ्य, सुरक्षा, सरसफाइकर्मीलगायतलाई जोखिममा काम गरेको भत्ताको सुनिश्चिता गर्न सरकारसँग माग गर्नुभयो । उहाँले सरकारी तथा निजी क्षेत्रका स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति तत्काल व्यवस्थापन गर्न पनि आग्रह गर्नुभयो ।  कोरोनाविरूद्धको खोप आपूर्तिको सुनिश्चितता गर्नुपर्ने तथा विदेश जानेका हकमा पिसिआर परीक्षण गर्ने स्वास्थ्य संस्था बढीभन्दा बढी तोक्नुपर्ने उहाँको भनाइ थियो । 

नेता देउवाले कोरोना महामारीबाट प्रभावित सबैलाई आवश्यक राहत उपलब्ध गराउनुपर्नेमा जोड दिँदै  व्यवसायीका लागि राहत तथा सहयोगको प्याकेज ल्याउन सरकारसँग माग गर्नुभयो । 

सभापति देउवाले केन्द्रदेखि गाउँसम्मका पार्टीका सबै संरचनालाई कोरोनाविरुद्धको सचेतना अभियानमा खटिन निर्देशन दिँदै उहाँले अहिलेको महामारीको मिलेर सामना गर्न पार्टी पङ्क्ति सबैलाई आग्रह गर्नुभयो । कोरोना सङ्क्रमितलाई उपचार अभाव भएमा त्यसका लागि सहयोग गर्न उहाँले देशभरका आफ्ना कार्यकर्तालाई निर्देशन दिनुभयो । अमेरिकाले नेपाललाई खोप सहयोग गर्न लागेकामा   स्वागत गर्दै सभापति देउवाले भारत र चीनले खोप उपलब्ध गराएकामा धन्यवाद पनि दिनुभयो । 

मास्क अनिवार्य लगाउने, साबुनपानीले हात धुने, भौतिक दूरी कायम गर्नेलगायत स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइका साथ लागू गर्नका लागि अनुगमन संयन्त्र बलियो बनाउन सभापति देउवाले माग गर्नुभयो । समस्यामा परेकाहरुका लागि सहयोग अभियान चलाउन पनि उहाँले निर्देशन दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी