२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिल्लीमा राष्ट्रपति शासन लगाउन भाजपा सांसदको माग

२०७८, १७ बैशाख शुक्रबार १३:०८

 बैशाख १७, नयाँ दिल्ली (रासस/पीटीआई) । भाजपा सांसद राकेश सिन्हाले अरविन्द केजरीवाल सरकारले जनतालाई असुरक्षित छोडेको आरोप लगाउँदै दिल्लीमा राष्ट्रपति शासन लागू गर्नुपर्ने बताउनुभएको छ । 

राज्यसभाका सदस्य तथा भाजपा नेता सिन्हले एक ट्वीटरमा लेखेको सन्देशमा भनिएको छ, “दिल्ली गम्भीर सङ्कटमा छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको राज्य सरकारले मानिसहरूलाई अनिश्चित र असुरक्षित अवस्थामा छोडेको छ । परिस्थिति बिग्रँदै गइरहेको छ । राजधानीको अवस्थाले सम्पूर्ण विश्वलाई भारतबारे गलत सन्देश पठाउँदछ त्यसैले केन्द्रले राष्ट्रपति शासनमार्फत् दिल्लीलाई प्रत्यक्ष हेर्नुपर्छ । 

आम आदमी पार्टी (आप) का नेता तथा मुख्यमन्त्री केजरीवालले दुई दिन पहिले दिल्लीमा देखिएको स्वास्थ्य सङ्कटलाई कम गर्न चाहिने अक्सिजनको अभावलाई विदेशबाट अक्सिजन मगाएर ल्याइन लागेको बताउनुभएको थियो । 

आप पार्टीकै एक विधायक शोएब इकबालले पनि शुक्रबार कोभिड–१९ सङ्क्रमणका कारण दिल्लीका जनतामा बढेको असुरक्षालाई मध्यनजर राख्दै  दिल्लीमा राष्ट्रपति शासन लागू गर्नुपर्ने अवस्था आएको उल्लेख गर्नुभएको थियो । 

कांग्रेस छोडेर गत बर्ष दिल्ली विधानसभा चुनावमा आपको टिकटमा लडेका मटिया महलका विधायकले न त आफू न सरकार कसैले पनि कोभिड– १९ को दोस्रो लहरबाट प्रभावित मानिसहरूलाई सहयोग गर्न नसकेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी