२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कैलालीमा कोरोना सङ्क्रमण भयाभह बन्दै

२०७८, १९ बैशाख आईतवार ०३:२८

वैशाख १९, दुर्गा देवकोटा, टीकापुर (रासस) । कैलाली जिल्लामा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिँदा स्थिति भयाभव बन्दै गएको छ । सङ्क्रमण समुदायस्तरमा फैलिँदा उच्च सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् । सुदूरपश्चिम प्रदेशमा शनिबार १० जनाको मृत्यु भएको छ । कैलालीका दुई महिला र एक पुरुष गरी तीन जनाको मृत्यु भएको छ । यस्तै  कञ्चनपुरका पाँच पुरुष र एक महिला गरी छ जनाको मृत्यु भएको छ भने बझाङका एक जना पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय दिपायलले जानकारी दिएको छ । सुदूरपश्चिममा दैनिक कोरोना सङ्क्रमित सयौँ थपिन थालेका छन् ।

सुदूरपश्चिममा शनिबार थप २४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा ५५२ नमूना परीक्षण गर्दा २४१ जनामा सङ्क्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार सङ्क्रमितमध्ये कैलालीको धनगढीका मात्रै ११३ जना रहेका छन् । यस्तै धनगढीबाहेक कैलालीका अन्य पालिकाका ९१ र अन्य जिल्लाका ३७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार ७१५ पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमणका कारण १०० जनाले ज्यान गुमाएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजारभन्दा बढी रहेको बताइएको छ । तीमध्ये सेती अस्पतालमा ५९ कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।

उपचार भइरहेकामध्ये तीन जना भेन्टिलेटरमा, १७ आइसीयूमा र ३४ अक्सिजन सपोर्टमा उपचाररत छन् । यता टीकापुर अस्पतालमा कोरोना सङ्क्रमित र लक्षण देखिएका नौ जनाको उपचार भइरहेको छ । उपचाररत रहेका पाँच कोरोना सङ्क्रमित र चार परीक्षणको नतिजा आउन बाँकी रहेकाहरुको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

उपचार भइरहेकामध्ये छ जनामा अक्सिजनको कमी भई अवस्था गम्भीर रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । टीकापुर अस्पतालमा दैनिक १० देखि २० जनासम्म कोभिड लक्षण भएकाहरु उपचारमा आउने गरेका डा रमेश उपाध्यायले जानकारी दिनुभयो ।

“लक्षण देखिएका तर जटिल समस्या नभएकालाई होम आइसोलेशनमा बस्न भनेका छौँ, जटिल समस्या भएका, श्वासप्रश्वासमा समस्या भई अक्सिजन कमी भएकालाई यहाँ अक्सिजन दिई उपचार गरिरहेका छौँ”, डा उपाध्याय भन्नुहुन्छ, “कोरोना लक्षण देखिएका सबैलाई अस्पतालमा राखेर उपचार गर्न सम्भव छैन ।”

टीकापुर अस्पतालमा जनशक्ति अभाव भएकाले अस्पतालले कर्मचारी भर्नाका लागि सूचनासमेत गरेको छ । अस्पतालले दुई चिकित्सक, १५ स्टाफ नर्स, दुई हेल्थ असिस्टेन्ट र पाँच अनमी र अहेवका लागि दरखास्त खोलेको छ ।

बालबालिका जोखिममा

कोरोना सङ्क्रमण तीव्ररूपमा फैलिँदै गएपछि बालबालिका र ज्येष्ठ नागरिक बढी जोखिममा पर्ने भएकाले सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् । समुदायस्तरमै कोरोना फैलिँदै जाँदा बालबालिकलाई सङ्क्रमणबाट जोगाउन टीकापुर अस्पतालका बालरोग विशेषज्ञ अमरनाथ ठाकुरले बताउनुभयो । “यो समय भाइरल ज्वरो, रुघाखोकीको समय पनि हो । बालबालिकामा सामान्य समस्या देखिँदैमा आत्तिन हुँदैन”, डा ठाकुरले भन्नुभयो, “बालबालिकामा श्वासप्रश्वासमा समस्या भयो, निमोनियाका लक्षण देखिएमा अस्पताल लैजानुपर्छ । सामान्य रुघाखोकी, ज्वरो भए दुई÷तीन दिनमा आराम हुन्छ ।”

कैलालीमा निषेधाज्ञा लम्ब्याइयो

कोरोना सङ्क्रमण समुदायस्तरमै फैलिएकाले कैलालीमा जारी निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)को शनिबार बसेको बैठकले वैशाख ३० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याएको हो । यसअघि वैशाख १६ गतेदेखि २२ गतेसम्म हुने गरी निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञाको समयमा सबै बैंक तथा वित्तीय संस्थाले वैैशाख २० देखि ३० गतेसम्म बिहान ९ देखि साढे ११ बजेसम्म मात्र एउटा बैंकको एउटा मात्र शाखा खुला गर्न पाउने व्यवस्था गरिएको छ ।

एकतिर कोरोना सङ्क्रमण फैलँदैछ भने अर्कोतर्फ भारतबाट नेपाल फर्कने नेपालीको सङ्ख्यासमेत बढ्दै गएको छ । भारतबाट नेपाल फर्कने नेपाली सिधै गाउँ पस्ने गरेका कारण समुदायमा थप जोखिम बढाएको छ । सुदूरपश्चिमका नाकामा कोरोना परीक्षण गर्ने एन्टिजेन किट अभाव हुन थालेको छ । प्रदेशका सीमा नाकामा भारतबाट फर्किने नेपालीको सङ्ख्या बढिरहेका बेला एन्टिजेन किटको अभाव हुन थालेकाले थप जोखिम बढेको हो । 

भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका कञ्चनपुरको गड्डाचौकी र गौरीफण्टा नाका, बैतडीको झुलाघाट नाका र दार्चुलाको पुलघाट नाकाबाट दैनिक दुई हजारदेखि दुई हजार ५०० को सङ्ख्यामा नेपाली सुदूरपश्चिम भित्रिरहेका छन् । तीमध्ये थोरै सङ्ख्यामा मात्र परीक्षण हुने गरेको छ ।

गौरीफण्टा नाकाबाट दैनिक झण्डै एक हजार भित्रिए पनि १०० देखि १५० जनासम्मको मात्र कोरोना परीक्षण हुने गरेको छ । किट अभावका कारण आवश्यकतानुसार कोरोना परीक्षण हुन नसकेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताउनुभयो । कोरोना सङ्क्रमितको उपचार गर्न सक्ने अवस्था नभएपछि कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेजलाई आइसोलेसन बनाउने तयारी शुरु भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आजदेखि उक्त स्थानमा आवश्यक संरचना व्यवस्थापनका लागि तयारी थालिने जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो