2026-08-31 03:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुरको क्यान्सर अस्पताल आउने बिरामी र कुरुवालाई पिसिआर अनिवार्य

वैशाख २०, चितवन। भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आउने बिरामी र कुरुवालाई पिसिआर परीक्षण अनिवार्य गरिएको छ । अस्पतालले आज एक सूचना जारी गरी कोभिड सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्न नयाँ व्यवस्था लागू गरेको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमद्वारा जारी सूचनामा अस्पतालमा अत्यावश्यक परेमा मात्र आउन अनुरोध गरिएको छ । सूचनामा भनिएको छ, “अस्पतालले केमोथेरापी र अस्पतालमा भर्ना भएर उपचार गर्नुपर्ने बिरामी र कुरुवाको समेत पिसिआर परीक्षण अनिवार्य गर्नुपर्ने छ ।” यस्तै मेमोग्राफ, इण्डोस्कोपी सेवा लिने बिरामीले पिसिआर अनिवार्य गर्नुपर्ने जनाइएको छ ।

 फलोअपमा आउनुपर्ने बिरामीलाई टेलिफोन वा जुममार्फत सम्पर्क गरेर मात्रै आउन पनि अनुरोध गरिएको छ । अस्पतालकोसेवा लिन आउँदासेवाग्राहीले  अनिवार्यरूपमा सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, साबुन पाानीले हात धुनेलगायतका सावधानी अपनाउन पनि अस्पतालले अनुरोध गरेको छ । बहिरङ्ग सेवाको टिकट बिदाको दिनबाहेक बिहान ७ देखि दिउँसो १ बजेसम्म खुला रहने अस्पतालले जनाएको छ ।  

सक्रिय सङ्क्रमितको सङ्ख्या हजार नाघ्यो

जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा एक हजार ७० सक्रिय सङ्क्रमित पुगेका छन् । कार्यालयका अनुसार सक्रिय सङ्क्रमितमध्ये ८८ जना अस्पतालको आइसोलेसनमा र ९८२ होम आइसोलेसनमा रहेका छन् । यहाँ रहेका सङ्क्रमितमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् । महानगरमा ८९०, खैरहनी नगरपालिकामा ३२, माडीमा १६, रत्ननगरमा ८७, राप्तीमा २४ र कालिका नगरपालिकामा १२ सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा नौ सक्रिय सङ्क्रमित रहेको जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिनुभयो ।

जिल्लामा अहिलेसम्म आठ हजार ४६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये ११७ को मृत्यु भइसकेको छ भने छ हजार ८५९ जना निको भएर घर फर्किइसकेका छन् । सङ्क्रमितमध्ये तीन हजार ३७० महिला र चार हजार ६७१ पुरुष रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो