नारायण ढुंगाना | साउन २६, रत्ननगर (चितवन) । नेपालमा नयाँ रोग स्क्रब टाइफसको प्रकोप ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नारायण ढुंगाना | साउन २६, रत्ननगर (चितवन) । नेपालमा नयाँ रोग स्क्रब टाइफसको प्रकोप ब"/>
2026-08-30 05:56 PM
चितवन - CTW

नेपालमा फैलँदैछ नयाँ रोग ‘स्क्रब टाइफस’

नारायण ढुंगाना | साउन २६, रत्ननगर (चितवन) । नेपालमा नयाँ रोग स्क्रब टाइफसको प्रकोप बढ्दै गएको छ । टाउको दुख्ने, १०४ डिग्री जति ज्वरो आउने, गर्धन र घाँटी वरिपरि मसिना बिमिरा आउने आदि यो रोगका लक्षण हुन् । 

यो रोग अघिल्लो बर्षदेखि आधिकारिक रुपमा नेपालमा सङ्क्रमण पत्ता लागेको उक्त रोग अहिले विभिन्न जिल्लामा देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाअन्तर्गत इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्माले जानकारी दिनुभयो । 

रोग पत्ता लागेमा उपचार सजिलो रहेको भन्दै उहाँले पाँचै विकास क्षेत्रका स्वास्थ्य संस्थालाई यो रोगको न्यूनीकरणका लागि आवश्यक निर्देशिकासहित निर्देशन दिएको जानकारी दिनुभयो । उहाँका अनुसार चितवनमा वैशाखयता सबैभन्दा बढी ५३ जनामा रोग सङ्क्रमण भएको पाइएको छ । 

चितवन मेडिकल कलेजले मात्रै यहाँ रोगको परीक्षण गर्दै आएको छ । जिल्लामा भाइरल ज्वरोको प्रकोप बढिरहेका बेला यसको परीक्षण अन्य अस्पतालमा समेत आवश्यक देखिएको छ । चितवनमा पाइएकामा ३३ जना जिल्लावासी रहेको र बाँकी अन्य जिल्लाका बिरामी रहेको जनस्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी नरहरि शर्माले जानकारी दिनुभयो । बढी चितवनमा देखिएपनि यो रोग अहिले सिन्धुली, नुवाकोट, बाँके, उदयपुरलगायत जिल्लामा पनि देखिएको छ । 

“हुन त ५–६ वर्षअघि पाटन अस्पतालमा देखिएको भन्ने थियो, तर त्यो आधिकारिक र वैज्ञानिक डकुमेन्टका रुपमा आउन सकेन”, इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्माले भन्नुभयो, “अघिल्लो वर्ष पूर्वी नेपालमा भने वैज्ञानिकरुपमा प्रमाणित भएको हो ।” पहिलोचोटि ६ जनामा देखिएको थियो, गतवर्ष भदौ १३ गते नेपालमा रोग भित्रिएको सरकारी तहबाट प्रमाणित भएकोमा अहिले पनि करिब सोही समयमा रोग देखिएको डा शर्मा बताउनुहुन्छ । 

“रोगको पहिचान नहुँदा गएको वर्ष आठजनाको मृत्यु भएको थियो, तर यो वर्ष मरेको भन्ने जानकारी आएको छैन”, उहाँले भन्नुभयो । रोग थाहा पाइसकेपछि भने एन्टिबायोटिकले सजिलै निको हुने चितवन मेडिकल कलेजका चिकित्सक डा दयाराम लम्सालले बताउनुभयो । रगत परीक्षणबाट यो रोग विगतमा पनि आफूहरुले पत्ता लगाएको डा लम्सालले बताउनुभयो । 

मुख्यगरी एक प्रकारको सङ्क्रमित किर्नाले टोकेमा यो रोग लाग्छ । यो जुम्रा जस्तै तर सूक्ष्म हुन्छ । यो मुसाको कानमा अथवा यस्तै जीवजन्तुमा बस्छ । त्यसबाट घाँसपात तथा झारमा झरेको बेलामा मानिस बस्दा यो किर्ना सर्ने र त्यसले टोकेमा रोग लाग्छ । 

यसले लार्भा अवस्थामा बढी चुस्छ । यो रोग लागेमा टाउको दुख्ने, १०४ डिग्री जति ज्वरो आउने, गर्धन र घाँटी वरिपरि मसिना बिमिरा आउने, पसिना आउने, ग्रन्थी सुनिने लगायतका लक्षण देखिने जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसी बताउनुहुन्छ । 

कहिलेकाहीँ यस सँगसँगै झाडा पनि आउन सक्छ । चितवनका फिजिसियन डा भोजराज अधिकारीले भरतपुर अस्पतालमा समेत रोग देखिएको बताउनुभयो । यो दोस्रो विश्वयुद्धताका जापानको सेनामा देखिएको थियो । घाँसमा झरेको माइट, युद्धमा जङ्गलमा सेना घस्रने क्रममा सरेको पाइएको थियो । त्यो बेला रोग थाहा नहँुदा बिरामीमध्ये ३० प्रतिशतको ज्यान गएको इपिडिमियोलोजी शाखा प्रमुख डा शर्माले जानकारी दिनुभयो । 

जापानमा रोग पत्ता लागेकाले यसलाई ‘सुसुगामुसी’ भनेर पनि चिनिन्छ । यो एक प्रकारको ब्याक्टेरिया (रिकेटसिया) ले लगाउने रोग हो । झाडी वरिपरि, कृषि काम गर्ने, जताततै बस्ने, चौर झारमा बस्नेमा सर्ने सम्भावना बढी हुन्छ । यो मानिसबाट मानिसमा भने नसर्ने चिकित्सकले बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने