२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कालोबजारी गर्न फेरि कृत्रिम अभाव

२०७८, २३ बैशाख बिहीबार ०२:३८

बैशाख २३, काठमाडौं । महामारी मौका छोप्दै कृत्रिम अभाव देखाएर दैनिक उपभोग्य सामग्रीमा फेरि कालोबजारी मौलाउन थालेको छ । गत १६ वैशाखबाट लकडाउन सुरु भएयता चिनी, खानेतेल, दाल, गेडागुडीलगायत खाद्यवस्तुमा ‘अस्वाभाविक’ मूल्यवृद्धि पाइएको हो ।

यही सोमबारसम्म २ सय ५० पर्ने सनफ्लावर तेलको २ सय ८० र ८१ को ८६ रुपैयाँ पु¥याएको छ । दाल, गेडागुडी, चना, केराउ, मास, मुसुरोलगायत वस्तुमा प्रतिकेजी १० देखि १५ रुपैयाँ बढाइएको छ । कोरोना संक्रमित तीव्र बढेसँगै सर्जिकल मास्कमा समेत अत्यधिक मूल्य बढेको उपभोक्ताको गुनासो छ ।

राष्ट्रिय उपभोक्ता मञ्च केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जन ठूला व्यापारीको पहुँच माथिसम्म हुने भएकाले संकटका समय ‘अत्यावश्यक वस्तु’मा कालोबजारी मौलाउने गरेको दाबी गर्छन् ।

‘दैनिक उपभोग्यदेखि अत्यावश्यक स्वास्थ्य सामग्रीमा कृत्रिम अभाव देखाएर कालोबजारी भइरहेको छ,’ महर्जनले भने, ‘लकडाउनपछि मात्रै चिनी, खाने तेल, दाल गेडागुडीलगायतमा अस्वाभाविक मूल्यवृद्धि गरिएको छ ।

’वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक अनुगमन पनि गर्दै आए पनि ‘प्रभावकारी’ हुन नसकेको राष्ट्रिय उपभोक्ता मञ्च अध्यक्ष महर्जनको गुनासो छ । नेपाल खुद्रा व्यापार संघ अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार ठूला व्यापारी ‘मिलेमत्तो’मा खाद्यवस्तुको मूल्य बढाउने गर्छन् ।

बजारमा दैनिक उपभोग्य वस्तु पर्याप्त हुँदाहुँदै पनि ‘कृत्रिम अभाव’ सिर्जना गरी अत्यधिक मूल्यवृद्धि गर्ने गरेको उनले दाबी गरे । ‘कालोबजारीको संरक्षक नै सरकार भएपछि कसले कारबाही गर्ने रु’ श्रेष्ठ भन्छन्, ‘जसले गर्दा आमसर्वसाधारण सधैं मर्कामा पर्ने गरेका छन् ।’ यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी