२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

कोरोना सङ्क्रमितलाई अस्पताल ल्याउँदै भरतपुर महानगर

२०७८, २३ बैशाख बिहीबार ०५:१४

वैशाख  २३, चितवन (रासस)। कोरोना भाइरसको पहिलो लहरमा अस्थायी अस्पताल र व्यवस्थित आइसोलेसन सेन्टर सञ्चालन गरेको भरतपुर महानगरपालिकाले यस पटक सङ्क्रमितलाई अस्पतालसम्म निःशुल्क ल्याउने अभियान शुरु गरेको छ । यससँगै महानगरले दुई स्थानमा आइसोलेशन तयार गर्दैछ । 

महानगर प्रमुख रेनु दाहालले दुईवटा एम्बुलेन्स सङ्क्रमितलाई अस्पताल ल्याउनका लागि तयारी अवस्थामा राखिएको बताउनुभयो । शहरी क्षेत्रकालाई भन्दा ग्रामीण क्षेत्रका सङ्क्रमितलाई अस्पतालसम्म आउन कठिन हुने भएकाले एम्बुलेन्सको व्यवस्था गरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “महानगरभित्रै कोरोना उपचारका लागि तीन ठूला अस्पताल छन् । ती अस्पतालसम्म ल्याउने व्यवस्था महानगरले गर्छ ।” सामान्य अवस्थाका सङ्क्रमित घरमै बसेको र जटिललाई अस्पतालमै राख्नुपर्ने भएकाले यसको व्यवस्थापनमा महानगर जुटेको उहाँको भनाइ छ । 

प्राथमिक स्वास्थ्य केन्द्र शिवनगर र स्वास्थ्य चौकी शारदानगरमा आइसोलेशन कक्ष तयार गरिने पनि उहाँले जानकारी दिनुभयो । यी दुई ठाउँमा कम्तिमा ५० शय्याको आइसोलेशन कक्ष निर्माण गर्न सकिने छ । कोरोनाको उपचार गर्न तोकिएका अस्पतालहरुको शय्या भरिएमा आइसोलेशन कक्षलाई सञ्चालनमा ल्याइने उहाँको भनाइ छ ।

ती आइसोलेशन अक्सिजनसहितको सुविधा सम्पन्न हुने छन् । कोभिड–१९ को रोकथाम र उपचारका लागि महानगर प्रमुखले आफ्नै नेतृत्वमा समिति गठन गरी २९ वटै वडामा वडाध्यक्षको संयोजकत्वमा सर्वपक्षीय समिति गठन गर्नुभएको छ । उहाँले  कोरोनाका लक्षण देखिएकालाई स्वास्थ्यकर्मीको सम्पर्कमा राखिएको र आवश्यक परेका बिरामीलाई अस्पतालसम्म ल्याउने व्यवस्था गरिएको बताउनुभयो ।  

स्वास्थ्य विज्ञ, स्वास्थ्य संस्था प्रमुख र स्थानीय प्रशासनसँग जोखिम न्यूनीकरण र प्रभावकारी उपचारका लागि समन्यव गरी महानगर अगाडि बढेको बताउँदै उहाँले हरेक टोलमा माइकिङमार्फत सचेतना कार्यक्रम गरिएको जानकारी दिनुभयो । भरतपुर महानगर उपप्रमुख पार्वती शाहले स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञालाई सफल पार्न समन्वय गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “संङ्क्रमितहरूलाई स्वास्थ्यसम्बन्धी परामर्श प्रदान गरिएको छ ।”

भरतपुर केन्द्रीय अस्पताल, मेडिकल कलेजहरू, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा महानगरभित्र रहेका सम्पूर्ण स्वास्थ्य संस्थासँग समन्वय गरी सङ्क्रमितहरूको उपचारका लागि प्रभावकारी ढङ्गले अगाडि बढेको उहाँले जानकारी दिनुभयो । 

प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले महानगर माहतहतका सम्पूर्ण स्वास्थ्य केन्द्रहरू नियमित सञ्चालन गरी स्वास्थ्यकर्मीहरूलाई कोभिड रोग नियन्त्रण, व्यवस्थापन तथा उपचारका लागि परिचालन गरिएको बताउनुभयो ।

 जिल्लास्थित अन्य कार्यालय तथा सङ्घ संस्थाहरूसँगको समन्वयमा कोभिड रोकथाम तथा उपचारका लागि समन्वय र सहजीकरण भइरहेको महानगरको भनाइ छ । जनप्रतिनिधि, स्वास्थ्यकर्मी, वडास्थित सर्वपक्षीय समिति र टोल विकास समितिलाई समेत सक्रिय बनाई कोभिडका बिरामीहरूको पहिचान व्यवस्थापन र उपचारलाई सहज बनाउने कार्य भइरहेको महानगरले जनाएको छ । महानगरवासीको स्वास्थ्य सुरक्षालाई विशेष महत्व दिएर आवश्यकताअनुसार थप कामहरू गर्दै जाने योजनाका साथ भरतपुर महानगर अगाडि बढिरहेको महानगर प्रमुख दाहालको भनाइ छ ।

गत वर्ष भरतपुर महानगरपालिकाले वागेश्वरीमा सञ्चालन गरेको आइसोलेसनबाट ५०० जना सङ्क्रमितले सेवा लिएका थिए । महानगरपालिकाले अस्थायी अस्पताल स्थापना गरी भरतपुर अस्पताललाई हस्तान्तरण गरेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस