2026-10-03 02:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

संरक्षणको अभावमा शिवालय मन्दिर

कमल घिमिरे।बैशाख२४।पाँचथर, पाँचथरको सदरमुकाम फिदिममा रहेको शिवालय मन्दिरको संरक्षणमा अभाव देखिएको छ । 

  फिदिम नगरपालिका १ स्थित पुरानो शनिबारेमा रहेको शिवालय मन्दिर नगरपालिकाको एक मुख्य पर्यटकिय धार्मिक स्थल हो । यहाँ दर्शन गर्न पाँचथर जिल्ला लगायत अन्य विभिन्न ठाउँहरुबाट भतmजनहरु आउने गर्छन् । श्रावण महिनाको सोमबार,शिवरात्री,हरितालिका तीज, जनै पुर्णिमा, विश्वकर्मा पुजा,कृष्ण अष्टमी जस्ता चार्डपर्वहरुमा भतmजनहरुको घुँइचो लाग्ने गर्छ । मन्दिर परिसरमा राधाकृष्ण,गणेश र विश्वकर्मा बाबाको समेत मन्दिर रहेको छ ।  नेपालका धार्मिक स्थलहरु आन्तरिक र बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र बनिरहँदा पछिल्लो समयमा शिवालय मन्दिरमा भने संरक्षणको अभाव देखिन थालेको छ । 

वि.सं. २०३६ सालमा स्थापना गरिएको मन्दिर वि.सं २०७५ सालमा फिदिम नगरपालिका र जनस्तरको सहयोगमा करिब ३५ लाखमा जिर्णोद्वार गरिएपनि निर्माण गरिएको मन्दिरलाई संरक्षण गर्न सकिएको छैन । मन्दिर परिसरमा लगाइएका टाइल तथा मार्बल भत्किएका छन् , सिलिङ तथा गेट पनि भत्किएको छ, बिजुलीको व्यवस्था छैन, पानिको पनि राम्रो व्यवस्था छैन, मन्दिरको कम्पाउण्ड व्यवस्थित छैन,जसले गर्दा अनावश्यक मान्छे प्रवेश गरी फोहोर गर्ने,होहल्ला गर्ने तथा धुम्रपान मद्यपान गर्ने समेत मन्दिर परिसरमा पाइएको छ । यी विविध समस्याले गर्दा पुजा पाठ गर्ने राम्रो वातावरण नै नभएको मन्दिरमा दैनिक पुजा गरिरहेका पंण्डित योगेश घिमिरेले बताउनु भएको छ । 

यता मन्दिरको निर्माणका लागी सहयोग गरेका सहयोगीहरुले मन्दिर पुन निर्माण गरेको ३ वर्ष हुँदा पनि  आफ्नो नाम शिलालेखमा नराखिएको भनि गुनासो गर्दै आएका छन् । संरक्षणको पर्खाइमा रहेको मन्दिरलाई चाँडै नै  नयाँ मन्दिर समिति बनाइ मन्दिरको संरक्षणमा जोड दिने र सहयोगीहरुको नाम पनि शिलालेखमा राखिने समितिका सचिव चन्द्र प्रसाद भट्टराईको भनाइ रहेको छ । 

फिदिम नगरपालिकामा रहेको धार्मिक तथा पर्यटकिय क्षेत्रको राम्रो सम्भावना बोकेको शिवालय मन्दिरमा सुरक्षाको व्यवस्था, विजुली तथा सिसि क्यामेरा समेत जोडी स्थानिय सरकार र जनस्तरबाट नै  संरक्षणमा जोड दिनुपर्ने सरोकारवालाको भनाइ रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने