२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

गाउँका डाक्टर पुछारे माइला

२०७८, २७ बैशाख सोमबार ०४:४८

सन्तोष पुर्कुटी | वैशाख २७, ताप्लेजुङ | दैनिकजसो काँधमा भिर्नी झोला भिरेर गाउँघरमै व्यस्त भइरहने, जो कसैलाई भेटे मुसुक्कै हाँसेर बोलिदिने, बोलीमा भएको मिठासले जो कोही पनि मोहित हुन्छन् डाक्टर पुछारे माइलादेखि । भिर्नी झोलाभरि विभिन्न जडीबुटीजन्य औषधिले भरिएका बट्टाबट्टी हुन्छन् । तिनै औषधि पानीमा घोलेर गाउँका बिरामीलाई घुटुक्कै पिलाउँछन् । 

लामो समयदेखि विभिन्न रोगले थला परेका, अस्पतालले निको पार्न नसकेका बिरामी औषधिको सेवनपछि एकाएक निको हुन्छन् । त्यही भएर होला आजकल गाउँलेहरुले डाक्टर भनेर बोलाउँछन् । पहिलेपहिले पुछारे माइला भनेर चिनिने ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका फुर्साङ शेर्पालाई अहिले डाक्टर पुछारे माइला भनेरै बोलाउने गरिन्छ । 

विसं २०२५ सालमा गाउँको सामान्य परिवारमा जन्मिनुभएका शेर्पाले लेखपढ गर्न पाउनु भएन तर समय परिवेशसँगै अक्षर चिन्ने रहर चल्दै गयो । “बूढेसकालमा राम्ररी अक्षर चिन्न र पढ्न त के हुन्थ्यो र तैपनि नातिनातिनाको सहायताले आफ्नो सही गर्न र मोबाइलका नम्बर चिन्न सक्नेसम्म भएँ, यतिकैमा चित्त बुझ्यो”, शेर्पा भन्नुहुन्छ । 

आजकल शरीरका विभिन्न भाग मर्किँदा, नसाको रोगले दुखाइ हुँदा, निमोनिया हुँदा, छारे रोगले थलिँदा, महिनावारी घटबढ हुँदा सबैले शेर्पालाई गुहार्ने गरेका छन् । अस्पतालबाट फिर्ता भएका गाउँका कतिपय बिरामीको सफल उपचारपछि उहाँलाई घरमा बस्ने तथा आफ्नो काम गर्ने त्यति फुर्सद हुँदैन । बिहान सबेरै उठेर जङ्गलबाट भेला गरेका जडीबुटी पिस्ने र प्लाष्टिक साथै बट्टाबट्टीमा भर्ने शेर्पाको पहिलो काम हुन्छ । त्यसपछि वस्तु बाख्रालाई घाँस पानी दिने काम हुन्छ । घरको समेत काम सकिएपछि भिर्नी झोलामा औषधि बोकेर शेर्पा नजिकदेखि टाढाटाढासम्मका गाउँमा निस्किनुहुन्छ । साँझ परेपछि घरमा फर्किनुहुन्छ । 

उपचार गरेवापत उहाँले तोकेरै रकम लिने गर्नुभएको छैन । उपचार भएपछि कतिले दिन्छन्, कतिले दिँदैनन् । “म कसैलाई यति उति देऊ भनेर भन्दिनँ तर हुनेले कम दिन्छन्, नहुनेले अलि धेरै दिन खोज्छन्, त्यो फिर्ता गर्ने गर्छु”, शेर्पा भन्नुहुन्छ । यसरी जडीबुटीको मिसावट गरी सामान्य प्रकारका बिरामीलाई निको पार्ने सीप र ज्ञान अरु कसैले नसिकाएको तर विभिन्न अनुभव र अनुसन्धानबाट पत्ता लगाएको उहाँको भनाइ छ । 

“घरमा कान्छो छोरो जन्मिएको सात महिनादेखि छारे रोगबाट पीडित थियो, धेरै वर्षसम्म विभिन्न उपचार गरेँ, निको भएन, आफैँले विभिन्न अनुमान लाउँदै जडीबुटी खोज्न थालेँ, खुवाउन थालेँ, त्यो औषधिले पछि उसलाई धेरै सुधार आएको थियो तर नौ वर्षको उमेरमै उसको निधन भयो, समयमै औषधि चिनेको भए सायद छोरोले साथ छोड्दैनथ्यो होला, अहिले त्यस्तै बिरामीहरुलाई निको पार्ने औषधि मसँग छ, गाउँका धेरै बिरामी निको भए”, उहाँले भन्नुभयो । नभन्दै गाउँघरका धेरै बिरामी उहाँकै जडीबुटीको सेवनले निको भएका छन् । “मलाई ग्याष्ट्रिकको समस्या थियो, नास परेर हो या किन खाना रुच्दैनथ्यो, दिनानुदिन शरीरको तौल घट्दै गएको थियो, उहाँको औषधि सेवनपछि पूर्णरूपमा निको भएँ”, सान्थाक्राका निमा शेर्पाले भन्नुभयो । 

यस्तै मेरिङ्देनका रोदन विकले समेत आफ्नी छोरीलाई जडीबुटीकै प्रयोगबाट बचाएकोमा खुसी व्यक्त गर्नुभयो । “झण्डै ३६ घण्टा सम्म बेहोस बनेकी छोरीलाई दुई पटक जडीबुटीजन्य औषधी खुवाएपछि होस खुलेको थियो, फेरि त्यस्तो अवस्था दोहोरिएको छैन”, विकले भन्नुभयो । यसरी जटिल अवस्थामा पुगेका कतिपय बिरामीको औषधि उपचारपछि शेर्पालाई टाढाटाढाबाट समेत उपचारका लागि बोलाउने गरिएको छ । 

गाउँघरमा पाइने विभिन्न जडीबुटीले राम्रो काम गर्ने गरेको र थप जडीबुटीको समेत पहिचान हुँदै गएको शेर्पाले बताउनुभयो । कतिपय जडीबुटीको प्रभाव निक्कै राम्रो देखिएकाले यसलाई राज्यले समेत खोज अनुसन्धान गरेर प्रशोधन गर्न सके सबैलाई फाइदा पुग्ने शेर्पाको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ