२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा ६ सङ्क्रमितको मृत्यु

२०७८, २७ बैशाख सोमबार ०६:०९

वैशाख २७ चितवन (रासस) । यहाँका दुई अस्पतालमा आइतबार राती मात्र छ सङ्क्रमितको मृत्यु भएको  छ । चितवन मेडिकल कलेजमा उपचाररत पाँच जनाको र भरतपुर अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दुई चितवनका र अन्य बाहिरी जिल्लाका छन् । 

भरतपुर महानगरपालिका–३ सहिदचोकका ८३ वर्षीया वृद्धाको भरतपुर अस्पतालमा मृत्यु भएको छ । निमोनिया भई यही वैशाख १६ गते अस्पताल भर्ना भएकी उनमा १७ गते सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपछि कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान ४:१० बजे मृत्यु भएको हो । 

पूर्वी चितवनको रत्ननगर नगरपालिका–३ का ३९ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । निमोनियाको समस्या भई अस्पताल आएका उनमा यही वैशाख २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनी कोरोना पुष्टि भएसँगै २४ गते चितवन मेडिकल कलेजमा उपचारका लागि आएका थिए । उनको अस्पतालको कोभिड सघन उपचार कक्षमा आज बिहान ३:०० बजे मृत्यु भएको हो । 

नवलपरासीको कावासोतीका एक वृद्धको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा कावासोती नगरपालिका–५ का ६१ वर्षीय पुरुष रहेका छन् । निमोनियाको समस्या आई यही वैशाख २२ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान २:३० बजे मृत्यु भएको हो ।

कोरोना सङ्क्रमणका कारण कपिलवस्तुको तौलिहवा नगरपालिका–१ बस्ने ६० वर्षिय पुरुषको मृत्यु भएको छ । निमोनियाको समस्या भई यही वैशाख २३ गते चितवन मेडिकल कलेज भर्ना भएका उनमा सोही दिन सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान १:४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । 

यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई यही वैशाख १७ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतबार राती १०:३५ बजे मृत्यु भएको हो । 

यसैगरी रुपन्देहीकै देवदह नगरपालिका–९ का ४१ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । चितवन मेडिकल कलेजका अनुसार निमोनियाको समस्या भई वैशाख २२ गते अस्पताल भर्ना भएका उनामा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतबार राती १०:३० बजे मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस