२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकामा जेठ १३ सम्म निषेधाज्ञा थप

२०७८, २८ बैशाख मंगलवार १५:५४

वैशाख २८, काठमाडौँ (रासस) । उपत्यकामा आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको आजको बैठकले आगामी दुई साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । कोभिड ¬१९ सङ्क्रमणको जोखिम बढ्दो रहेकाले निषेधाज्ञा लम्ब्याउनु परेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । 

उहाँका अनुसार यसपाली निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री खरिद विक्रीका लागि बिहान १० बजेसम्म खुला रहने भएको छ । यसअघि बिहान ९ बजेसम्म मात्र खुला गरिएको थियो । उक्त समयमा अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स( खाद्य सामग्री मात्र बिक्री गर्न) खुला हुने छ ।

उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाको आदेश जारी भएको थियो । त्यसपछि वैशाख २२ गते पुनः एक साता थप गर्दै २९ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थपिएको थियो । सङ्क्रमणदर नघटेपछि पुनः दुई साता थप गरिएको हो । 

सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराइमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको छ । 

सोही अधिकार प्रयोग गर्दै जारी गरिएको आदेशामा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लव, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लव, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना र दर्शकसहितको खेलकूद सञ्चालन गर्न नपाइने उल्लेख छ । सर्वसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैन । 

अत्यावश्यक काममा निस्किँदा पनि दुई व्यक्तिबीच कम्तिमा दुई मिटरको दूरी कायम गर्नुपर्ने छ । अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, पटकपटक साबुन पानीले हात धुन र स्यानिटाइजरको प्रयोग गर्न आदेशमा भनिएको छ ।

सार्वजनिक एवम् निजी सवारी साधन जेठ १३ गते राति १२ बजेसम्म उपत्यकामा सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधनबाहेकका अन्य सवारी साधन उपत्यका प्रवेशमा रोक लगाइएको छ । 

अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, इन्धन, खाना पकाउने ग्याँस, दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहरमैला व्यवस्थापन, सरसफाइमा प्रयोग हुने साबुन, स्यानिटाइजर, कुरियर तथा डाँक सेवा, सरकारी छापाखानालगायतका ढुवानी तथा यातायातका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाइने छ । 

अत्यावश्यक सेवामा तथा सरकारी कार्यालय, सार्वजनिक संस्था, बीमालगायतका कार्यालयले न्यून कर्मचारी उपस्थिति हुने गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन भनिएको छ । बैँक तथा वित्तीय संस्थाको हकमा २५ प्रतिशत कार्यालयहरु खुला गर्न र २० प्रतिशत जनशक्ति मात्रै राख्न आदेशमा भनिएको छ । सोको विवरण नेपाल राष्ट्र बैक र प्रशासन कार्यालयमा बुझाउनु पर्ने छ ।

सरकारी कार्यालयको हकमा मन्त्रालयको सचिव वा विभागीय प्रमुखद्धारा जारी गरिएको पास र परिचयपत्रको आधारमा आवतजावत गर्न पाइने छ । सार्वजनिक संस्थाको हकमा सम्बन्धित प्रमुखले जारी गरेको पास र परिचयपत्र अनिवार्य हुनुपर्ने छ । बैंक तथा वित्तीय सस्थाका सवारी साधन सञ्चालनको हकमा सीमित सवारी पास जारी गरी सोको विवरण नेपाल राष्ट्र बैंँक र जिल्ला प्रशासन कार्यालयलाई दिन भनिएको छ । 

विकास निर्माणको सम्बन्धमा सम्बन्धित आयोजनाले नै आवासीय कामदार राखी अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गरी कार्य सञ्चालन गर्ने गराउने र निर्माण सामग्री ढुवानीमा राति १० बजेदेखि बिहान चार बजेसम्म मात्र आवतजावत गर्न पाइने छ ।

अन्तराष्ट्र्रिय उडानबाट विदेश जाने यात्रुको हकमा हवाइ टिकट, पासपोर्ट, भिसा हुनेलाई सिधै विमानस्थल जाने सवारी साधनको हकमा सहजीकरण गरिने छ । 

माथि उल्लेखितबाहेकका अन्य अत्यावश्यक काम (अस्पताल आउने जाने बिरामी, कुरुवा, मृत्यु संस्कारमा अनिवार्य रुपमा उपस्थिति हुनु पर्नेको हक) मा  सवारी साधन प्रयोग गर्नुपर्ने भएमा विवरण खुल्ने कागजातसहित सम्बन्धित वडाको सिफारिससहित प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिनुपर्ने छ । 

फुटपाथ, साइकलसहितका सबै व्यवसायमा रोक लगाइएको छ । विवाह, व्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा दश जना भन्दा बढी उपस्थित हुन नपाइने आदेशमा भनिएको छ । औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल जुनसुकै समयमा निर्वाध रुपमा सञ्चालन गर्न पाइने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी