२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवन निकुञ्जमा गौरी गाई गणना शुरु

३० बैशाख २०७८, बिहीबार ०६:१४

वैशाख ३०, नवलपुर (रासस)। राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित वन्यजन्तुको सूचिमा सूचिकृत सङ्कटापन्न अवस्थाको जङ्गली गाई (गौरी गाई)को गणना चितवन राष्ट्रिय निकुञ्जमा शुरु गरिएको छ । निकुञ्जले पाँच वर्षपछि मङ्गलबारबाट सो गणना थालेको हो । 

गौरी गाईको पछिल्लो अवस्थाको बारेमा जानकारी लिने उद्देश्यले यसको आन्तरिक अनुगमन तथा गणना शुरु गरिएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले बताउनुभयो । गणनाका लागि निकुञ्जका २२ हात्ती र ६० जना जनशक्ति परिचालन गरिएको छ । गणना बढीमा पाँच दिनभित्र सकाउने लक्ष्य छ ।  

निकुञ्जको सम्भावित चुरे, भावर र नदी तटीय क्षेत्रमा सालको वनसँग जोडिएका घाँसे मैदानलाई १४ ब्लकमा विभाजन गरी प्रत्यक्ष अवलोकन विधिबाट गणना भइरहेको छ । सन् २०१६ को गणनाअनुसार पर्सा र चितवन राष्ट्रिय निकुञ्जमा गरी ४७३ गौरी गाई रहेकामा चितवनमा ३६८ छन् । सन् १९५० को दशकमा उदयपुर तथा कोशी टप्पु क्षेत्रमा प्रशस्त पाइने यो पछिल्ला दिनमा देखिन छाडेको छ । सन् २०११ को गणनामा ३१२ वटा थिए । 

नेपाल र भारतसमेत दक्षिण एशिया र दक्षिण पूर्वी एशियाका ११ देशमा यसका ३ उपप्रजाति पाइन्छ । विशेष गरी सुख्खा भागमा बस्न रुचाउने यसको सरदर आयु २० देखि ३० वर्ष हुन्छ । ठूलो झुण्डमा बस्न रुचाउने यो वन्यजन्तु कहिलेकाँही बाघको शिकारमा पनि पर्ने गरेको छ । भाले गौरी गाई ६०० देखि १००० किलोग्रामसम्म हुछन् । प्रायः एउटा हुलमा ८ देखि ११ वटा गाई रहने गर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट