2026-10-03 03:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा एक जना कोरोना संक्रमितको मृत्यु

कमल घिमिरे। बैशाख ३०, पाँचथर । पाँचथरमा एक जना  कोरोना भाइरस सङ्क्रमित पुरुषको  मृत्यु भएको छ ।

पाँचथर, फालेलुङ गाउँपालिका वडा नं. २  का ६० वर्षीय पुरुषको आज पाँचथर  कोभिड  अस्पतालमा मृत्यु भएको हो । २६ गते पिसिआर रिपोर्ट  पोजेटिभ आएपछि होम आइसुलेसनमा बसेका  उनलाई स्वाथ्य समस्या  जटिल बन्दै गएपछि  गएराती जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।जिल्लामा कोभिड–१९ को सङ्क्रमणबाट भएको यो पहिलो मृत्यु हो ।

 जिल्ला अस्पतालका अहेब दीपक खत्रीका अनुसार  उपचार सम्भव नभएपछि उनलाई राती नै कोभिड–१९ अस्थायी अस्पतालबाट सघन उपचार कक्ष भएको अस्पतालमा रेफर गरिएको थियो। झापाको विर्तामोडस्थित सघन उपचार कक्ष रहेका अस्पतालहरुमा बेड मिलाउने प्रयास हुँदाहुँदै सङ्क्रमित वृद्धको मृत्यु भएको खत्रीको भनाई छ ।

मृतकको शवलाई नेपाली सेनाको फिदिम स्थित रणशेर गणले ब्यवस्थापन गर्न लागेको अस्पतालले जनाएको छ। पाँचथरमा हालसम्म नयाँ भेरिएनको कोरोनाभाइरसका ६७ जना सङ्क्रमित  छन् । जसमध्ये अधिकांश होम आइसोलेसनमा रहेका छन् । ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने