२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरबमा चिनियाँ खोप लगाए पनि अनिवार्य क्वारेन्टिन बस्नुपर्ने

२०७८, ३० बैशाख बिहीबार १६:०६

बैशाख ३०, इस्लामाबाद (रासस/एएनआई) । साउदी अरबको नयाँ प्राबधान अनुसार साउदी अरबमा प्रबेश गर्दा उसले तोकेको खोप नलगाएको ब्यक्तिले १५ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने भएको छ ।

यो प्राबधानले चीनको खोप लगाएका पाकिस्तानलगायतका एशियाली नागरिकलाई साउदी अरब पुग्दा अनिवार्य क्वारेन्टिन बस्नुपर्नेछ ।

साउदी अरबले आफ्नो मुलुकमा प्रवेश गर्नका लागि खोप लगाएको हुनुपर्ने र यदि खोप नलगाएको वा साउदी अरबले तोकेको कम्पनीको खोप नलगाएका मुलुकबाट साउदी अरब जाँदा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने प्राबधानले पाकिस्तानी यात्रुलाई साउदी अरब प्रवेशमा असहज हुने भएको छ ।

फाइजर, अक्सफोर्ड, मोडेर्ना र जोनसन एण्ड जोन्सनको कोरोनाभाइरस खोपहरू प्रयोग गर्नका लागि राज्यले अनुमति दिएको छ भने अन्य खोपलाई मान्यता नदिने निर्णय यहाँको सरकारले गरेको हो ।

पाकिस्तानी पत्रिका ‘द न्युज इन्टरनेसनल’ ले जनाएको छ, “बिहीबार साउदी अरबले सिफारिश खोपहरूको एक सूची जारी गरेको छ जसमा चीनमा निर्मित खोप समावेश छैन ।

यसको अर्थ चीनमा निर्मित खोप लगाए पनि यो सिफारिस गरिएको खोप नभएकोले पाकिस्तानी यात्रुहरूले साउदी अरबमा अनिवार्य १५ क्वोरन्टिन अवधि बस्नुपर्ने छ ।” 

क्वारेन्टिन बस्दाको खर्च यात्रुले आफैं भुक्तान गर्नुपर्ने पनि साउदी अरबले राखेको नयाँ प्राबधानमा उल्लेख छ । 

धेरै जसो पाकिस्तानीहरूलाई चीनमा निर्मित कोरोनाभाइरस खोप लगाइएको छ । अन्य खोपलाई अनुमति नदिएपछि चिनियाँ खोप लगाएका पाकिस्तानीलाई यात्राका लागि असहज बनेको छ । यो पाकिस्तानबाहेकका मुलुकका लागि पनि लागु हुनेछ र प्रस्तावित सर्तहरू मे २० देखि नै लागू गरिनेछ ।

पाकिस्तानले फेब्रुअरी २ मा चिनियाँ सिनोफार्म कम्पनीको खोप पहिलोपटक ल्याएपछि खोप अभियान सुरु गरेको थियो । सिनोफार्मको खोप ७९ प्रतिशत प्रभाबकारी रहेको अनुसनधानहरूले देखाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी