२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्पतालले बिरामी भर्ना लिन छाडे

२०७८, ३१ बैशाख शुक्रबार ०२:०३

बैशाख ३१, काठमाडौं । देशभर कोरोना संक्रमणका बिरामीको संख्या बढिरहेको छ तर अक्सिजन अभावमा अस्पतालले आफ्नो क्षमताअनुसार उपचार सेवा दिन पाएका छैनन्। सरकारले अक्सिजन आपूर्तिमा कोटा प्रणाली लगाएपछि बरु उल्टै अस्पतालले भर्ना लिने बिरामीको संख्या घटाउँदै लगेका छन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिडका तीन सय बिरामीको उपचार गर्ने प्रतिबद्धता जनाएको थियो। अक्सिजन अभाव भएपछि १ सय ७० जनालाई मात्र भर्ना लिएर सेवा दिइरहेको अस्पतालले जनाएको छ। अस्पतालका निर्देशक डा। रवि शाक्यका अनुसार भर्ना भएका ८० प्रतिशत बिरामी अक्सिजन चाहिने छन्।  

उनीहरूलाई अक्सिजन पुर्‍याउन नसकेपछि तीमध्ये केही हाइफ्लो अक्सिजन चाहिने अवस्थाका छन्। अस्पतालले बिरामीको संख्या घटाएर १ सय ७० मा सीमित पारेको उनले बताए। अक्सिजन अभाव भएपछि चिकित्सकले कतिपय बिरामीलाई हातैले श्वास–प्रश्वास व्यवस्थापन गरेको शाक्यले बताए।

यस्तै त्रिवि शिक्षण अस्पतालसँग चार सय बिरामी भर्ना लिएर उपचार गर्न सक्ने क्षमता छ। तर अक्सिजन अभाव भएपछि अस्पतालले बेड संख्या बढाउन सकेको छैन। बिरामी भने बरन्डामा पालो कुरेर बसिरहेका छन्।

यसरी पालो कुरेर बस्ने बिरामी ५० जना भएको अस्पतालले जनाएको छ। अक्सिजन नपाएपछि पालो कुर्दाकुर्दै बिरामीको मृत्यु हुने गरेको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले बताए।  

राजधानीकै हिमाल अस्पतालले आवश्यकताअनुसार अक्सिजन आपूर्ति भए एकै पटकमा चार सय बिरामीलाई बेड व्यवस्थापन गरेर उपचार दिने सकिने जनाएको छ। हाल अस्पतालमा ३२९ संक्रमित उपचाररत छन्।

तीमध्ये ५० जना आइसियुमा छन्। अहिलेकै अवस्थामा दैनिक ३ सय सिलिन्डर अक्सिजन चाहिने भए पनि सरकारले जम्मा ४० सिलिन्डरको कोटा तोकेपछि समस्या जटिल बनेको अस्पतालले जनाएको छ। अक्सिजन अभाव भएपछि पछिल्ला दिनमा नयाँ बिरामी भर्ना नलिएको अस्पताल स्रोतले बतायो।  

देशकै सबैभन्दा ठूलो सरकारी अस्पताल वीरले पनि अक्सिजन अभावकै कारण नयाँ सर्जिकल भवनलाई कोभिड वार्डमा विस्तार गर्न नसकेको जनाएको छ। वीरले बिहीबारदेखि भर्ना लिने बिरामीको संख्या पनि घटाएको छ। यस्तै राष्ट्रिय ट्रमा सेन्टरले अक्सिजन अभावका कारण नयाँ बिरामी भर्ना लिन सक्ने स्थिति नरहेको जनाएको छ। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी