२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

कोभिड अस्पताल बनाउन कांग्रेसले दियो कांग्रेस पार्टी कार्यालय भवन

१ जेष्ठ २०७८, शनिबार ०८:११

जेठ २, डोटी | जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र उपचार गर्नका लागि ठाउँ अभाव भएपछि नेपाली कांग्रेसले आफ्नो पार्टी कार्यालयमा रहेको बिपी स्मृति भवनमा अस्थायी कोभिड अस्पताल बनाउन दिने निर्णय गरेको छ ।

जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ४२१ पुगेको र उपचार गर्नमा असहज भएको खबरपछि कांग्रेसले उक्त निर्णय गरेको हो । सङ्क्रमितको उपचारका लागि अस्थायी कोरोना अस्पताल सञ्चालन गर्नका लागि पार्टी कार्यालय उपलब्ध गराउने निर्णय गरिएको पार्टी जिल्ला सभापति प्रदीपकुमार देउवाले बताउनुभयो । 

अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि जिल्ला अस्पतालले स्रोतसाधन जुटाएर चिकित्सकसहित आफ्नो पार्टी कार्यालयमा अस्थायी अस्पताल सञ्चालन गर्न सक्ने निर्णय भएको सभापति देउवाले जानकारी दिनुभयो । पार्टी कार्यालयमा अस्थायी कोभिड अस्पताल सञ्चालन गर्नका लागि यहाँको शिखर नगरपालिकाले आफ्ना तर्फबाट १० श्यया उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख सीताराम जोशीले जानकारी दिनुभयो ।

यसैगरी उक्त नगरपालिकाले बाहिरी जिल्लाको शव व्यवस्थापनका लागि घाट र दाउरासमेत उपलब्ध गराउने बताइएको छ । कोरोना सङ्क्रमितको उपचारमा सहजताका लागि नगरपालिकाले जिल्ला अस्पताललाई रु एक लाख उपलब्ध गराउने निर्णय गरेको नगर उपप्रमुख धौलदेवी रावलले जानकारी दिनुभयो । 

कोभिड अस्थायी अस्पतालका लागि कांग्रेसले उपलब्ध गराएको भवनमा आवश्यक सामग्रीसहित कोरोना सङ्क्रमितको उपचारका लागि तयारी गरिने जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट कृष्णराज जोशीले बताउनुभयो । यहाँ हालसम्म कोरोना सङ्क्रमणका कारण पाँच जनाको ज्यान गइसकेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने