२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाँस कटाएर श्रमिकले पठाए सिलिन्डर

२०७८, २ जेष्ठ आईतवार ०२:१४

जेठ २, काठमाडौं । आफ्नो देशमा अक्सिजन नपाएर बिरामीको मृत्यु भएको खबरले खाडीमा काम गर्ने नेपाली श्रमिकलाई पिरोलेको छ । सामाजिक सञ्जालमा अक्सिजन लिन नपाएर ज्यान गएका खबरले मन पोलेपछि उनीहरूले आफ्नो गाँस काटेर ५ सय ६० थान सिलिन्डर पठाएका छन् । 

कुवेतको अलमुल्ला क्लिनिङ कम्पनीमा कार्यरत बाँकेकी दुर्गा ढकालको मनमा छटपटी छ । घरगाउँबाट अक्सिजन छैन भन्दै फेसबुकमा छिनछिन आइराख्ने सन्देशले मुटुमा घोच्छ । ‘फेसबुकको सन्देशले नेपालको अवस्था साँच्चिकै कहालीलाग्दो देखाउँछ,’ उनले भनिन्, ‘सास फेर्न नसकेको भिडियो देख्दा यो मन छियाछिया हुन्छ ।’

नेपालमा अक्सिजन पठाउन पाए हुन्थ्यो भन्ने लागिरहेका बेला गैरआवासीय नेपाली संघ कुवेतको सूचना आयो– ‘अक्सिजनको सिलिन्डर पठाउन आर्थिक सहयोग गरौं ।’ त्यो सूचना पाएकै दिन ढकालले एक दिनको तलब दिइन् ।

‘हामी एभेन्युज मलमा क्लिनिङको काम गर्ने झन्डै एक सय ३५ जना दिदीबहिनी र दुई सय दाजुभाइ होलान् । सबै मिलेर एकै दिन एक लाख ५२ हजार रुपैयाँ उठायौं,’ उनले भनिन्, ‘यसले मनमा ठूलो सान्त्वना मिलेको छ ।’

एनआरएनए, कुवेतका अध्यक्ष सुजन केसीका अनुसार सिलिन्डर पठाउने अभियानमा कुवेतबाट मात्रै १० लाख रुपैयाँ संकलन भयो । ‘यो अभियानमा घरमा काम गर्ने दिदीबहिनी तथा दाजुभाइको पनि योगदान छ,’ उनले भने, ‘अहिले सबैको मनमा देशमा बढीभन्दा बढी अक्सिजनको सिलिन्डर पठाउन पाए हुन्थ्यो भन्ने छ ।’ यो समाचारकान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी