२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सुदुरपस्चिममा सङ्क्रमण दर आधाभन्दा बढीमा

३ जेष्ठ २०७८, सोमबार ०३:५७

सिद्धराज भट्ट | जेठ ३, काठमाडौँ | सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको नमूना परीक्षण गराएकामध्ये पछिल्ला दिनमा आधाभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कअनुसार अघिल्लो साता प्रदेशमा १० हजार १८० जनाको कोरोना भाइरसको नमूना परीक्षण भएकोमा झण्डै ५१ प्रतिशत अर्थात् पाँच हजार २३५ सङ्क्रमित भएका छन् । त्योभन्दा अघिल्लो साता नमूना परीक्षण गराएका पाँच हजार ३४६ मध्ये झण्डै ४३ प्रतिशत अर्थात् दुई हजार २९० मा सङ्क्रमण पुष्टि भएको थियो । 

गत एक वर्षको अवधिको सङ्क्रमणसम्बन्धी तथ्याङ्क विश्लेषण गर्ने हो भने अहिलेसम्म पिसिआरबाट नमूना जाँच गरिएकामध्ये झण्डै १६ प्रतिशत सङ्क्रमित भएको पाइएको छ ।  प्रदेशमा हालसम्म पिसिआरबाट एक लाख ६२ हजार २७८ को नमूना परीक्षण भएकामा २५ हजार ४५४ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै गत वैशाखदेखि शुरु गरिएको एन्टिजेन परीक्षणतर्फ भने हालसम्म ३५ हजार १७२ को नमूना परीक्षण भएकामा झण्डै १४ प्रतिशत अर्थात् चार हजार ९६६ मा सङ्क्रमण पुष्टि भएको छ । 

प्रदेशमा यो रोगबाट मृत्यु हुने दर पनि गत हप्ता अहिलेसम्मकै उच्च पुगेको छ । आइतबार मात्रै कैलाली, कञ्चनपुर, डडेलधुरा, बझाङ, बैतडी, अछाम र दार्चुलाका गरी १६ सङ्क्रमितको मृत्यु भएको थियो । हप्ता दिनमा प्रदेशमा जम्मा १२९ जनाको मृत्यु भएको छ । अघिल्लो हप्ता ९९ जनाको मृत्यु भएको थियो । हालसम्म एन्टिजेन परीक्षणबाट पोजिटिभ देखिएका १६९ र पिसिआरबाट पोजिटिभ देखिएका १८५ समेत ३५४ सङ्क्रमितको मृत्यु भएको छ । 

उपचार व्यवस्थापनपछि हालसम्म पिसिआर पोजिटिभ भएका १६ हजार २२० र एन्टिजेन पोजिटिभ भएका दुई हजार ५८९ जना घर फर्किनुभएको छ । निर्देशनालयको तथ्याङ्कअनुसार हालसम्म सङ्क्रमित हुनेमा सबैभन्दा बढी २० देखि २९ वर्ष उमेर समूहका आठ हजार ३८७ व्यक्ति छन् । नौ वर्षसम्मको उमेर समूहका एक हजार २२ बालबालिका सङ्क्रमित भएका छन् । 

त्यस्तै ३० देखि ३९ वर्ष उमेर समूहका छ हजार ६०४, ४० देखि ४९ वर्ष उमेर समूहका तीन हजार ६५३, ५० देखि ५९ वर्ष उमेर समूहका दुई हजार १२४ र ६० देखि ६९ वर्ष उमेर समूहका ८६६ जना सङ्क्रमित भएका छन् । तुलनात्मकरूपमा ७० वर्ष माथिको उमेर समूहका व्यक्ति कम सङ्क्रमित छन् । 

सङ्क्रमण र मृत्यु दर उच्च बनेसँगै कोरोनाको जस्तो लक्षण देखिएका धेरै सर्वसाधारण हाल होम आइसोलेशनको एकान्तबासमा रहेका छन् । यीमध्ये जटिल अवस्थाका कतिपयले नमूना परीक्षण गराएका छन् । सामान्य अवस्थाका यस्ता बिरामीले नमूना परीक्षण गराएका छैनन् । धेरै व्यक्ति स्वास्थ्यकर्मीको प्रत्यक्ष परामर्शविना नै घरेलु उपचार विधिमा आश्रित हुनुपरेको छ । 

“स्वास्थ्य परामर्शका लागि चिकित्सकलाई फोन गर्दा फोन उठ्दैन, अब भगवान्को भरोसामा ओछ्यानमै बस्नुभन्दा अर्को विकल्प छैन”, होम आइसोलेशनमा बस्नुभएका एक जनाले टेलिफोनमा गुनासो सुनाउनुभयो । नमूना परीक्षण गराउन पनि शङ्कास्पद बिरामीलाई सकस भइरहेको छ । नमूना सङ्कलन गर्दा लामो लाइनमा घण्टौँसम्म उभिनु पर्ने अवस्थाले सङ्क्रमण थप फैलिने जोखिम पनि देखिएको छ । 

प्रदेशको धनगढीमा सञ्चालनमा रहेको एक मात्र मालिका ग्यास उद्योग बिग्रिएर उत्पादन बन्दा हुँदा भएको अक्सिजनको अभावले जटिल अवस्थाका बिरामीको उपचार व्यवस्थापनमा थप समस्या भएको छ ।

‘अक्सिजन कन्सन्ट्रेटर’अभियान शुरु 

कोरोना भाइरसका जटिल अवस्थाका बिरामीको जीवन रक्षाका लागि धनगढीमा ‘अक्सिजन कन्सन्ट्रेटर’ अभियान थालिएको छ । रोटरी क्लब अफ धनगढीको आह्वानमा थालिएको यो अभियानले अक्सिजन कन्सन्ट्रेटर खरिद गरी अस्पताललाई उपलब्ध गराउने सोच राखिएको छ । अभियान शुरु भएपछि प्रदेशका विभिन्न समाजसेवी र सङ्घसंस्थाले आर्थिक सहयोग उपलब्ध गराउन थालेका छन् । 

यसैबीच नेपाली कांग्रेसकी नेत्री डा अराजु राणा देउवाले अक्सिजन प्लान्ट स्थापना गर्न धनगढी उपमहानगरपालिकाले स्थापना गरेको ‘मेयर कल्याणकारी कोष’मा रु १० लाख सहयोग गर्नुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान