२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

अक्सिजन अभावले उपचारमा समस्या

२०७८, ३ जेष्ठ सोमबार ०८:१४

जेठ ३, वाग्मती (रासस) । मकवानपुरमा एउटा पनि  व्यावसायिक रुपमा अक्सिजन उत्पादन गर्ने उद्योग नहुँदा जिल्लामा आवश्यक अक्सिजन आपूर्तिमा समस्या देखिएको छ । जिल्लाभित्र अक्सिजन उद्योग नहुँदा बाहिरी जिल्लाबाट अक्सिजन  सिलिन्डर भरेर ल्याउन झन् समस्या हुँदैदै आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लामा सहजै रुपमा मागअनुसार पर्याप्त मात्रामा अक्सिजन आपूर्तिमा अभाव  हुँदा जिल्लाका विभिन्न अस्पतालमा कोभिड–१९ सङ्क्रमित बिरामीको उपचारमा समस्या हुँदै आएको हो । वाग्मती प्रदेशको हेटौँडा अस्पतालसहित  हेटौँडा उपमहानगरपालिका–१, भिन्तुनापथस्थित मकवानपुर सहकारी अस्पताल र थानाभर्याङस्थित चुरेहिल हस्पिटलले कोभिड–१९ बिरामीको उपचार गर्दै आइरहेका छन् । यद्यपि सबै स्वास्थ्य संस्थाले आवश्यकताअनुसार सहजै रुपमा अक्सिजन व्यवस्थापन नभएको भन्दै थप बिरामी उपचार गर्न कठिनाइ हुने जनाउँदै आएका छन् ।

अन्य जिल्लाका अक्सिजन उद्योगको भरपर्नुपर्ने अवस्थाका कारण जिल्लामा सहज आपूर्ति नहुँदा बिरामीको उपचारसमेत समस्या हँुदै आएको  हेटौँडा अस्पताल व्यवस्थापन समितीका सदस्य सुपेन्द्र कार्कीले जानकारी दिनुभयो । आजको अवस्थामा तीनवटा स्वास्थ्य संस्थामा  दैनिक रुपमा २५० अक्सिजन सिलिन्डर आवश्यकता पर्ने गरे पनि हाल दैनिक २१० सिलिन्डर मात्र प्राप्त हुँदै आएको  छ  । बिरामीको सङ्ख्या बढ्दै जाँदा झन् अक्सिजनको माग बढी हुँदै जाने भएकाले जिल्लामा अक्सिजन अभावको समस्या बढ्दै गएको अस्पताल व्यवस्थापन समितिका सदस्य कार्कीले जानकारी दिनुभयो  । 

कोभिड–१९ का बिरामी उपचार गर्दै आएका तीनवटा स्वास्थ्य संस्थाका अनुसार हाल प्राप्त अक्सिजन सिलिन्डरका आधारमा उपचार गराइरहेका बिरामीलाई धान्नै मुस्किल परेको अस्पतालले जनाएका  छन्  ।  हाल हेटौँडा अस्पतालसहित अन्य निजी दुईवटा अस्पतालमा करीब २५० सिलिन्डर माग हुँदै आए पनि करीब २१० मात्र  सिलिन्डर  व्यस्थापन हुँदै आएको  र थप सिलिन्डर व्यस्थापनका लागि आवश्यक पहल भइरहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिनुभयो । 

अक्सिजन उद्योग मकवानपुरमा नभएकै कारण खाली सिलिन्डर लिएर बारा, चितवन, नुवाकोट, विराटनगरलगायतका जिल्लामा भर्न जानुपर्ने बाध्यता छ । कोभिड–१९ का बिरामीलाई मकवानपुरका स्वास्थ्य संस्थामा चाहिने अक्सिजन चितवन, पूर्वी नवलपरासी, बारा, पर्सालगायत जिल्लामा रहेका उद्योगबाट हुँदै आएको अक्सिजन आपूर्ति पर्याप्त छैन ।

बिरामी उपचार गर्न नसकिने

वाग्मती प्रदेशको राजधानी हेटौँडामा निजी क्षेत्रबाट सञ्चालित चुरेहिल हस्पिटल प्रालि र मकवानपुर सहकारी अस्पतालले कोभिड–१९ का बिरामीको उपचार गर्न नसक्ने जानकारी गराएका छन् ।  दुवैले संयुक्त प्रेस विज्ञप्ति निकाल्दै कोभिड सङ्क्रमितको सङ्ख्या बढ्नु र अक्सिजनको सिलिन्डर अभाव भएकाले उपचार गर्न नसक्ने जनाएको हो ।

चुरेहिल हस्पिटल प्रालि र मकवानपुर सहकारी अस्पतालले क्रमशः १० र २० श्यया गरी ३० श्ययाको  सेवासहितको कोभिड–१९ का बिरामीलाई उपचार सेवा प्रदान गर्दै आएका थिए । विगत एक–दुई दिनदेखि बाहिरी जिल्लाबाट हेटौंडामा  खपत हुने आवश्यकताअनुसार  अक्सिजन सिलिन्डर आउन छोडेकाले कोभिडका बिरामीको उपचारमा समस्या उत्पन्न भएको छ । दुईवटा अस्पतालमा ३० श्ययाको एचडियु सेवासहितको कोभिड उपचार गरी आइरहेको र अक्सिजनको सिलिन्डर आपूर्ति नभएकाले उपचार गर्न नसक्ने विज्ञप्तिमार्फत सबैलाई जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो