२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पश्चिमाञ्चल अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस

६ जेष्ठ २०७८, बिहीबार ०६:१८

जेठ ६, कास्की (रासस)। गण्डकी प्रदेश सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस गरेको छ । 

नवगठित मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले सो अस्पताललाई कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार अस्पताल बनाउनका लागि नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको मन्त्री तथा सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिनुभयोे । अहिले सो अस्पतालका ५० शय्यामा कोरोनाका बिरामीको उपचार हुँदै आएको छ ।

मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्तामा मन्त्री बस्नेतलाई चयन गरेको छ । यसैगरी प्रदेश तथा नीति तथा योजना आयोगको उपाध्यक्षमा डा गिरधारी शर्मा र सदस्यमा डा विष्णुराज बराललाई निरन्तरता दिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको राजीनामा लगत्तै उहाँहरु पनि पदमुक्त हुनुभएको थियो । मुख्यमन्त्री गुरुङको राजनीतिक सल्लाहकारमा लमजुङको सुन्दरबजार नगरपालिका–३ निवासी डा भीष्म अधिकारीलाई नियुक्तिको निर्णय गरेको बताइन्छ । 

बैठकले प्रदेश सरकारको कार्यविभाजन नियमावली, २०७४ लाई संशोधन गरी मन्त्रालयहरु फेरबदल गर्ने निर्णय गरेको थियो । विगतमा मुख्यमन्त्रीसहित सात मन्त्रालय रहेकामा यसअघि सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकूद मन्त्रालय बनाइएको थियोे । अहिले पुनः तीन मन्त्रालय थप गरेर मन्त्रालयको सङ्ख्या ११ पु¥याइएको छ ।

मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको कार्यविभाजन नियमावलीलाई संशोधन गरेर मन्त्रालयको सङ्ख्या वृद्धि गरेलगत्तै प्रदेश प्रमुख सीताकुमारी पौडेलले मौजुदा मन्त्रिपरिषद्मा हेरफेर गरी कार्यविभाजन गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो