२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घट्न थाल्यो कुखुराको मासुको मूल्य

२०७८, ७ जेष्ठ शुक्रबार ०२:३९

जेठ ७, काठमाडौं । बजारमा कुखुराको मासुको खपत घटेसँगै मूल्य पनि घट्न थालेको छ । एक महिनाअघि प्रतिकेजी ४ सय ५० रुपैयाँ रहेको मासुको मूल्य अहिले केजीमा एक सय रुपैयाँभन्दा बढी घटेको हो । अहिले बजारमा प्रतिकिलो ३३० देखि ३४० रुपैयाँमा झरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गरिएको निषेधाज्ञासँगै बजारमा मासुको खपत घट्दै गएको हो । खपत घटेसँगै मूल्य पनि घटेको छ ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघ नेपालका अध्यक्ष जंगबहादुर बिसीले निषेधाज्ञासँगै बजारमा कुखुराको मासुको मूल्य घटेर ३ सय ४० रुपैयाँमा झरेको बताए । कोरोना संक्रमण बढ्दै गएपछि मासुको खपत घटेपछि मूल्य पनि घट्दै गएको उनको भनाइ छ । कोभिडका कारण होटेल रेस्टुराँ बन्द भएको र उपभोग नै कम हुन थालेपछि मासुको खपत घट्दै गएको हो ।

संघका अनुसार सामान्य अवस्थामा दैनिक ३ लाखदेखि साढे ३ लाख किलो मासु खपत हुने उपत्यकामा हाल ८० देखि ९० हजार किलोमात्रै खपत भइरहेको छ । कोरोना संक्रमण नियन्त्रण गर्नका लागि १६ वैशाखदेखि उपत्यकामा निषेधाज्ञा भएको थियो । उपत्यकामा सञ्चालित ठूला होटलदेखि रेस्टुराँ बन्द भएसँगै खपतमा पनि ठूलो गिरावट आएको छ । मासु पसल बिहान १० बजेसम्म मात्र खुला हुने भएकाले पनि खपत घट्दै गएको व्यवसायीको भनाइ छ ।

संघले गत महिनामात्रै कुखुराको मासुको मूल्य हालसम्म्मकै उच्च तोकेको थियो । कुखुराको दानाको मूल्य, चल्लाको मूल्य तथा प्यारेन्टको कमीका कारण मूल्य बढेको जनाउँदै आएको संघले कोरोना महामारी फैलिएसँगै भने मासुको मूल्य घटाइरहेको छ । संघका अनुसार बजारमा उत्पादन बढी र सोहीअनुसार खपत कम भएपछि यसको मूल्य बाध्यतावस घटाउनु परेको हो ।

गत वर्षको कहरसँगै नेपालमा कुखुराको चल्लाको प्यारेन्ट अभाव भएपछि चल्लाको मूल्य एकाएक अकासिएको व्यवसायीहरूले बताउँदै आएका थिए । त्यही आधारमा उनीहरूले मासुको मूल्य पनि बढाएका थिए । कोभिडका कारण अघिल्लो वर्ष आधाले मासुको मूल्य घटेको थियो ।

यसैबीच, कोभिडका कारण खसीको मासुको खपत पनि ह्वात्तै घटेकाले मूल्यसमेत घटेको छ । कोभिडअघि प्रतिकेजी १४ सय रुपैयाँ रहेको खसीबोकाको मासु अहिले घटेर १३ सय रुपैयाँमा झरेको छ ।

बजारमै खपत घटेकाले मूल्य पनि घटेको व्यवसायीको भनाइ छ । सामान्य अवस्थामा उपत्यकामा दैनिक ७ देखि ८ सय संख्यामा खसीबोका खपत हुने गरेकोमा अहिले ह्वात्तै घटेको व्यवसायी दिपक थापाले जानकारी दिए । यो समाचार कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी