२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘निर्वाचनमा जाँदा आकाश खस्दैन’

२०७८, ८ जेष्ठ शनिबार ०३:०४

जेठ ८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै राजनीतिक दललाई राष्ट्रिय सहमतिका साथ अगाडि बढ्न आग्रह गरेका छन् । ‘‘कोरोना महामारीको वर्तमान विषम परिस्थितिमा दलहरूलाई राष्ट्रिय सहमतिमा सरकार निर्माण गरी अगाडि बढ्न आग्रह गर्छु,’’ कोरोना (कोभिड–१९) विरुद्ध एकताबद्ध भई अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उनले राष्ट्रिय सहमति नै उचित मार्ग भएको स्पष्ट पारे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको र दलहरू त्यसका लागि प्रयास गरिरहेकै बेला शुक्रबार दिउँसो प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गरी राजनीतिक निकास दिनुपर्ने अवस्थाको सविस्तार जानकारीसमेत गराए ।

सरकारले यही जेठ १५ गते बजेट ल्याउनुपर्ने, त्यसअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने तथा कोरोनाविरुद्धको लडाइँमा सिङ्गो मुलुक जुट्नुपर्ने अवस्था रहेकाले आफूले विश्वासको मत लिने समय नपर्खिई वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गरेको प्रधानमन्त्रीले स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले विगत एक वर्षदेखि निरन्तर रूपमा आफ्नो विरोध भइरहेको र काम गर्ने वातावरण पनि नबनेको बताउँदै विपक्षी दललाई वैकल्पिक सरकार बनाउन आग्रह गरे । उनले त्यस्तो सरकार बनेमा आफूले स्वागत गर्ने र आफ्नो दलको रचनात्मक सहयोग हुने बताए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा