२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभिड उपचारको छ हप्ताभित्रका बिरामीहरूलाई ‘ब्ल्याक फङ्गस’ सङ्क्रमणको बढी जोखिम : चिकित्सक

२०७८, ८ जेष्ठ शनिबार १५:४१

 जेठ ८, नयाँ दिल्ली (रासस/एएनआई) । कोभिड उपचारको छ हप्ता भित्र बिरामीहरूलाई ‘ब्ल्याक फङ्गस’को उच्च जोखिम हुने अल इन्डिया मेडिकल इन्टिच्युट (एम्स) का वरिष्ठ नशारोग विशेषज्ञले बताएका छन् ।  

एम्समा न्यूरोसर्जरीका प्राध्यापक डाक्टर पी शरत्चन्द्रले एएनआईसँगको कुराकानीमा भन्नुभयो, “‘फङ्गल’ संक्रमण कुनै नयाँ समस्या होइन । सङ्क्रमणका धेरै कारणहरू हुन सक्छन् । 

सबभन्दा महत्वपूर्ण कारणमध्ये एक मधुमेहको नियन्त्रण हुननसक्नु, रोगीलाई भेन्टिलेसनमा राखी पूरक अक्सिजन दिँदा यो सङ्क्रमण हुनसक्छ ।

कोभिड उपचार को छ हप्ता भित्रमा यदि मानिसहरूलाई यी कुनै पनि कारण कालो फङ्गसको उच्च जोखिम रहने गर्छ, डाक्टर शरत्चन्द्रले बताउनुभयो । \

उहाँले सचेतनाका लागि भन्नुभयो, “सिलिण्डरबाट चिसो चिसो अक्सिजन दिँदा यसले बिरामीहरूमा चिसोका कारण पैदा हुने ब्ल्याक फङ्गसजस्ता समस्या निम्त्याउने खतरा हुन सक्छ ।” 

भारतका विभिन्न भागहरूमा ‘कालो ढुसी’ संक्रमणका घटनाहरू जानकारीमा आइरहेका छन् । राजस्थान, गुजरात, पञ्जाब, हरियाणा, कर्नाटक, ओडिसा, तेलङ्गना र तमिलनाडुजस्ता राज्यहरूले महामारी रोग ऐनअन्तर्गत यसलाई ‘अधिसूचित’ रोग घोषणा गरिसकेका छन र यसैले प्रत्येकम्युकोर्माइकोसिस’को अवस्था राज्य सरकारलाई रिपोर्ट गर्नु अनिवार्य बनाएको छ ।

कोभिड महामारीको अतिरिक्त कालो ढुसीको सङ्क्रमण समस्या बढ्दो चिन्ताको बीचमा, दिल्लीको सर गंगाराम अस्पतालमा सानो नशाको म्युकोर्मिकोसिसको दुर्लभ घटनाहरू देखिएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ