२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

दश दिनसम्म पिसिआर रिपोर्ट नआउँदा समस्या

२०७८, ९ जेष्ठ आईतवार १०:१६

जेठ ९, पर्वत (रासस)। पर्वतबाट कोरोना आशङ्कामा परीक्षणका लागि पठाएका स्वाबको नतिजा लामो समयसम्म नआउँदा समस्या हुन थालेको छ । जिल्लाबाट पठाइएका करीब २५० को सङ्ख्याका स्वाबको नतिजा आउन बाँकी छ । गत वैशाख २८ गतेदेखि यताका स्वाबको नतिजा नआउँदा जाँच गराएका व्यक्ति अन्योलमा परेका छन् भने व्यवस्थापकीय जिम्मेवारीमा रहेका निकाय पनि अन्योलमा छन् । 

कुश्मा नगरपालिकाका स्वास्थ्य संयोजक उमाकान्त सापकोटाका अनुसार एक हप्तादेखि १० दिनसम्मका रिपोर्ट अझै आएका छैनन् । उहाँले कुनै उपाय नदेखेपछि फेसबुकमार्फत सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ । सङ्क्रमितको आशङ्कामा परीक्षण गरिएको रिपोर्टको नतिजा ढिलो आउँदा आफूहरु अन्योलमा रहेको सापकोटाले बताउनुभयो । 

प्रयोगशालाले ढिलो रिपोर्ट दिँदा कन्ट्याक्ट ट्रेसिङको कुनै अर्थ नरहने सापकोटाको गुनासो छ । सङ्क्रमणको आशङ्का गरिएकाहरु समुदायमा घुलमिल भइसके । अलिअलि रुघाखोकी लागेका पनि निको भइसकेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले कोरोना सङ्क्रमित भएको १० दिनपछि एकले अर्कोलाई सर्दैन र गम्भीर लक्षण पनि देखिँदैन भनेर भनेको छ । सातदेखि १० दिनअगाडि पठाएका स्वाबको नतिजा अब आउँदा पोजेटिभ आयो भने उनीहरु सङ्क्रमितसरह मानिने कि नमानिने बहसको विषय बनेको छ ।

कुश्माका ९७, बिहादीका ६७, फलेवासका र १०२ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना परीक्षणको नतिजा ढिलो आउँदा आम मानिसमा चिन्ता बढेको छ । कुश्मा–१२ का वडाध्यक्ष राजेन्द्र पौडेलले रिपोर्ट ढिलो आउँदा मानिसले फोन गरेर हैरान पार्न थालेका बताउनुभयो । स्वास्थ्य निर्देशनालय र प्रयोगशालामा थन्किएका स्वाबको परीक्षण भए/नभएका बारेमा जानकारी नभएपछि उहाँले केही दिन पर्खिनुहोस् भन्ने बाहेक कुनै जवाफ नभएको जानकारी दिनुभयो ।

स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक विनोदविन्दु शर्माले धेरै जिल्लाबाट स्वाब बढी मात्रामा आउँदा प्रयोगशालामा लोड भएकाले नतिजा दिन ढिला भएको बताउनुभयो । उहाँले केही रिपोर्ट पोखराबाट काठमाडौँको प्रयोगशालामा पनि पठाइएको र त्यहाँबाट रिपोर्ट दिन झनै ढिलो हुँदा समस्या भएको सुनाउनुभयो । उहाँले सोमबारसम्म रिपोर्ट आइपुग्ने जानकारी दिनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु