२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ भेरियन्टविरुद्ध अस्ट्राजेनेका खोप प्रभावकारी

२०७८, १० जेष्ठ सोमबार ०२:२५

जेठ १०, काठमाडौं । नेपालमा अत्यधिक पाइएको कोरोना भाइरसको नयाँ भेरियन्टविरुद्ध अस्ट्राजेनेकाको खोप प्रभावकारी देखिएको एक बेलायती अध्ययनले औंल्याएको छ। बिबिसीका अनुसार अमेरिकाको फाइजर कम्पनी र अक्सफोर्ड तथा अस्ट्राजेनेकाले विकास गरेका खोप संक्रामक मानिएको बी.१.६१७.२ नामक इन्डियन भेरियन्टविरुद्ध प्रभावकारी देखिएका हुन्। हालै गरिएको भाइरसको आनुवांशिक अध्ययनले यही भाइरसको प्रजाति नेपालमा अत्यधिक देखाएको थियो।

अस्ट्राजेनेका र फाइजरको पहिलो डोज लगाएको ३ सातापछि नयाँ भेरियन्टबाट जोगाउन यी खोपले ३३ प्रतिशत मात्र सुरक्षा दिने देखिएको छ। दोस्रो डोज लगाएको २ सातापछि अस्ट्राजेनेका खोप इन्डियन भेरियन्ट रोक्न ६० प्रतिशत प्रभावकारी र बेलायती भेरियन्ट रोक्न ६६ प्रतिशत प्रभावकारी देखिएको छ।

इन्डियन भेरियन्ट रोक्न फाइजर खोप ८० प्रतिशत प्रभावकारी देखिएको छ भने बेलायती भेरियन्ट रोक्न ९३ प्रतिशत सक्षम रहेको पनि अध्ययनले देखाएको बिबिसीले जनाएको छ। 

बेलायतको पब्लिक हेल्थ इंग्ल्यान्डले फाइजर खोपको तुलनामा बेलायतमा अस्ट्राजेनेका खोपको प्रयोग ढिलो सुरु गरिएकाले यी दुई खोपको प्रभावकारितामा फरक आएको हुन सक्ने जनाएको छ। बेलायतमा फाइजर खोपलाई पहिला अनुमति दिइएको थियो।

बेलायतको उक्त संस्थाले अस्पतालमा भर्ना गर्नुपर्ने स्थिति र मृत्यु रोक्न खोप झनै बढी प्रभावकारी रहेको देखिएको जनाएको छ। अस्ट्राजेनेका खोपले प्रभावकारिता देखाउन केही समय लाग्ने अन्य तथ्यांकले देखाएको पनि पब्लिक हेल्थ इंग्ल्यान्डले उल्लेख गरेको छ।  

यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ