2026-10-03 03:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सोलुखुम्बुको विकट गाउँमा कोभिड अस्पताल सञ्चालन भएपछि स्थानीयवासी हर्षित

जेठ ११, सोलुखुम्बु (रासस)। गाउँमै कोभिड अस्पताल सञ्चालन भएपछि थुलुङदुधकोशी गाउँपालिकाका स्थानीयवासी हर्षित भएका छन् । गाउँपालिका केन्द्र मुक्लीमा अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासी हर्षित भएका हुन् । कोरोना सङ्क्रमितलाई अक्सिजनसहित उपचार गर्ने व्यवस्था भएपछि अन्य अस्पताल पुग्नुपर्ने बाध्यताको अन्त्य भएको थुलुङदुधकोशी–४ जुबुकी मनमाया खत्रीले बताउँनुभयो । पैतालीस वर्षीया खत्रीसमेतलाई स्वासप्रस्वासमा समस्या देखिएपछि बिहिबार सोही अस्पतालमा भर्न गरेपछि स्वस्थ बनेको खत्रीको भनाइ छ । 

नर्सीङ नेस्रो वर्षमा अध्ययनरत मनमायाकी छोरी रेजिना खत्रीले उपचारमा काठमाडांै जाने योजना बनाएको भए पनि गाउँमै उपचार सम्भव भएको प्रतिखुशी व्यक्त गर्नुभयो । “यस्तो महामारी छ, कसरी जानुभन्ने चिन्ता थियो ।” उहाँले भन्नुभयो, “खर्चसँगै समयको बचत र कम त्रासमा उपचार हुनु हामीजस्ता ग्रामीण क्षेत्रका नागरिकका लागि सुखद् पक्ष हो ।” 

काठमाडौँ विभिन्न अस्पतालमा अक्सिजनसमेत नपाएर बिरामीको मृत्यु भएको खबरले आक्रन्त बनेको बेला गाउँमा उक्त सेवा पाउँदा यहाँका नागरिकले सरकारलाई स्याबासी दिन्छन् । यस्तै कोभिड–१९ को सङ्कास्पद लक्षण भएकी बुद्धिमाया माझीको पनि कोभिड अस्पतालमै उपचार सम्भव भएपछि स्थानीय सरकारलाई धन्यवाद दिनुभएको छ । स्वास फेर्न निक्कै गाह्रो भएर उपचारमा आएको उहाँको भनाइ छ । टाढा अस्पताल जान नसक्ने अवस्थामा भएपनि गाउँमै सेवा पाउँदा आफ्नो ज्यान बचेको माझीेले सुनाउनुभयो । 

गत वर्ष कोरोना सङ्क्रमण पुष्टि हुनेबित्तिकै कोभिड अस्पताल बिराटनगर लानुपर्ने बाध्यताको अत्य भएपछि सोलुखुम्बुवासीलाई सहज भएको छ । स्वास्थ्य शाखा सहसंयोजक तथा गाउँपालिकाका सूचना अधिकारी बिशाल बाबु राईले गाउँमा कोरोना सङ्क्रणको दार बढेसँगै गाउँपालिकाले निगरानी बढाएको बताउँनुभयो । कुनै पनि सङ्कास्पद लक्षण देखिएको जानकारी हुनसाथ स्वास्थ्यकर्मी पुगेर परीक्षण गर्ने गरेको उहाँको भनाइ छ । 

नागरिकको जीवन रक्षा गर्ने दायित्व स्थानीय सरकारको भएकाले सोहीअनुसार व्यवस्थापनमा केन्द्रित भएको गाउँपालिका अध्यक्ष असिम राईले बताउँनुभयो । अहिले १० जना जटिल प्रकृतिको बिरामीको उपचार गर्न सक्ने क्षमताको अस्पताल सञ्चालमा रहेको भन्दै अध्यक्ष राईले आवश्यकताअनुसार यसलाई विस्तार गर्ने बताउनुभयो । 

“सकेसम्म नागरिकलाई गाउँपालिका बाहिर उपचारमा जान नपर्ने गरि व्यवस्थपन गरेका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “सामान्य लक्षणसहित बिरामीलाई औषधि किटसहित घरैमा स्वास्थ्यकर्मीको निगरानीमा राख्ने र जटिल प्रकृतिका बिरामीलाई निशुल्क उद्धार गरी कोभिड अस्थायी अस्पतालमा ल्याउने व्यवस्था गरेका छौँ ।” 

उक्त अस्पतालमा एक जना एमबीबीएस डक्टर, दुई जना स्टाप नर्स, एक जना ल्याब असिस्टेण्ट, दुई अनमी, दुई स्वास्थ्य सहायक र एक कार्यालय सहयोगी रहेका छन् । गाउँपालिका अध्यक्ष आफैँ चढ्ने गाडीसमेतलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरिएको छ । कोरोना सङ्क्रमितको उद्धारका लागि अध्यक्षको गाडीसहित दुई वटा एम्बुलेन्स र अर्को एउटा निजि गाडी तयारी अवस्थामा राखेको गाउँपालिका अध्यक्ष असिम राईले बताउँनुभयो । उक्त गाउँपालिकामा हालसम्म १०६ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा सङ्क्रमा पुष्टि भएको छ । जसमध्ये चार जना निको भइसकेको स्वास्थ्य सहसंयोजक विशाल बाबु राईले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने