२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांसदलाई दिइने रकम रोकियो

२०७८, १६ जेष्ठ आईतवार ०२:०९

जेठ १६, काठमाडौं । सरकारले  दुईवटा महत्त्वपूर्ण र विवादित  कार्यक्रम  खारेज  गर्ने निर्णय गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक  वर्ष  २०७८/७९  को  बजेट  वक्तव्य जारी  गर्दै  स्थानीय  पूर्वाधार  साझेदारी  विकास कार्यक्रम र गरिबी निवारण कोष खारेज गरिएको बताए ।

स्थानीय   पूर्वाधार   साझेदारी   विकास कार्यक्रमलाई  सांसदले  आफ्नो  निर्वाचन  क्षेत्रमा खर्च  गर्नका  लागि  प्रदान  गरिने  कोषका  रूपमा रकम  प्रदान  गर्दथ्यो ।  गत  वर्ष  सरकारले सङ्घीय संसद् निर्वाचन क्षेत्रका लागि छ करोड रूपियाँका दरले बजेट विनियोजन गरेको थियो । 

कोभिड  महामारीको  रोकथाम,  नियन्त्रण  र उपचार  तथा  प्रभावितलाई  प्रदान  गरिने  राहत  एवं आर्थिक पुनरुत्थानका लागि स्रोत व्यवस्थापन गर्नुपर्ने आवश्यकता र आमनागरिकको सुझावलाई समेत सम्मान  गर्दै  स्थानीय  पूर्वाधार  साझेदारी  विकास कार्यक्रम  खारेज  गरेको  अर्थमन्त्रीले  बताए । 

त्यस्तै, गरिबी  निवारणको  क्षेत्रमा  काम  गर्ने गरी स्थापना  भएको  गरिबी  निवारण  कोष  पनि खारेज गरिएको छ । कोष खारेज भएपछि कोषमा आबद्ध  करिब  ३२  हजार  सामुदायिक  समूहलाई सहकारीमा रूपान्तरण गरिनेछ । 

समूहले परिचालन गरेको १९ अर्ब आवर्ती कोषलाई   सहकारीको बीउ पुँजीका रूपमा उपयोग गरी गरिबी निवारण कार्यक्रम सञ्चालन गरिने भएको छ

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ